मैदानमै छिर्न नपाएको बारे सुवारेजको बयान – मन थाम्न नसकेर बेन्चबाटै रिस पोख
क्यालिफोर्निया – कोपा अमेरिका सेन्टेनारियोबाट उरुग्वे बाहिरिएपछि निकै रुष्ट देखिएका लुईस सुआरेजले आफू रिसाउनुको कारण खोलेका छन् । उनले टोली बाहिरिएका कारण आफू रिसाएको तर खेल्न नपाउँदा कुनै गुनासो नरहेको बताएका छन् । यसअघि प्रशिक्षकले मैदानमा नउतारेका कारण सुआरेज रिसाएका थिए । कोपा अमेरिकामा सुरुआती दुई खेल हारेर उरुग्वे प्रतियोगिताबाट बाहिरिइसकेको छ । तर दुबै खेलमा सुआरेज बेन्चमै थिए ।
भेनेजुयला विरुद्ध उरुग्वे १–० ले पराजित भएको खेलमा सुआरेज निकै रुस्ट देखिएका थिए । ह्यामस्ट्रिङको चोटका कारण उनले कोपा अमेरिकाका सुरुआती दुई खेल खेल्न पाएनन् ।
यस विषयमा सुआरेजले भनेका छन्–‘म धेरै कुराहरु स्पष्ट पार्न चाहन्छु । बाहिर हल्ला भएका सबै कुरा साँचो होइनन् । म आफैँ फिट थिइँन । केवल ९० प्रतिशत पनि ठीक थिइन । त्यसैले प्रशिक्षक र अन्य कोचिङ स्टाफले जे गरेको राम्रो गरे ।’
उनले टोली पहिलो चरणबाटै बाहिरिदाँ भने आफ्नो मन थाम्न नसकेको बताएका छन् । ‘मन थाम्न नसकेर बेन्चबाटै रिस पोखेँ । तर म केही गर्न सक्ने अवस्थामा थिइन ।’ सुआरेजले अर्जेन्टिना उपाधीको प्रमुख दाबेदार रहेको बताए ।
‘ बार्सीलोनाबाट खेल्ने मेरा सहकर्मी लियो मेसी र जाभियर हर्नान्डेज उपाधीका लागि लायक छन् । ब्राजिल पनि राम्रो छ । तर ब्राजिलले अन्य प्रतिस्पर्धीसँग कस्तो खेल्छ त्यसले फरक पार्छ ।’– सुआरेजले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
-
प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण