एनसेल टावर जलाइएपछि सल्यानका अधिकांश गाविसहरु सञ्चारबिहिन
सल्यान – जिल्लाका अधिकांश गाविसहरु सञ्चार बिहिन भएका छन् । शनिबार विप्लव नेतृत्वको नेकपा माओवादीले जिल्लाका तीन स्थानमा आगजनी गरेपछि सेवा अवरुद्ध भएको हो ।
कुपिण्डेदह गाउँ विकास समिति ९ जैतपानीमा रहेको एनसेलको रिपिटर टावर, लक्ष्मीपुर गाविसको पैयाखर्क र छायाँक्षेत्र गाविसको छायाक्षेत्रमा रहेको टावरमा आगजनि भएपश्चात जिल्लाका अधिकांश गाविसहरु सञ्चारसेवाबाट बञ्चित भएका छन् । छायाक्षेत्रमा लगाइएको आगो प्रहरीले तत्काल नियन्त्रण लिदा धेरै क्षति नभएको इलाका प्रहरी कार्यालय लुहामले जानकारी दिएको छ ।
जिल्लाका विभिन्न स्थानमा रहेका टावरमाथि आगजनी हुन थाले पछि प्रत्येक टावरमा सुरक्षार्थ प्रहरी परिचालन गरिएको छ ।
जैतपानी रिपिटर टावरको माध्यमबाट जिल्ला दर्जन बढि टावरहरु सञ्चालनमा रहेका थिए । मुख्य टावरमा आगजनी भएपछि अन्य टावरहरु प्रयोग विहिन भएका छन् । नेपाल टेलिकमका जिएसएम र सिडियमएको सेवा दिने क्षेत्र कम भएका कारण सल्यानका हजारौं सेवमग्राहीहरुले एनसेल प्रयोग गर्र्दै आइरहेका छन् ।
एनसेलको टावरले काम गर्न छोडेपछि सम्पर्क गर्न निकै समस्या भएको मुलखोलाका स्थानीय नविन विश्वकर्माले जानकारी दिए । उनले भने, 'टावरमा आलगानी भएपछि आफन्त तथा बाहिर सम्पर्क गर्न गाह्रो भएको छ , पैसा धेरै काटेपनि कोठाबाटै काम हुन्थ्यो, सिडिएमले पनि खासै राम्रोसँग काम गर्दैन् । '
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण