बालबालिकाले गरे धुर्मुस सुन्तलीलाई १ लाख २० हजार सहयोग
काठमाडौं–गीरान्चौर एकीकृत बस्ती निर्माणमा जुटेका हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई नेपालकै पहिलो बालमैत्री नगरपालिका सुनवलका बालबालिकाले १ लाख २० हजार रुपैँया सहयोग गरेका छन् । नगरपालिकामा रहेका १ सय १७ बाल क्लबहरुले सुनवलबासीबाट रकम संकलन धुर्मुस सुन्तलीलाई सहयोग गरेका हुन् । गिरान्चौर नेपालकै पहिलो बालमैत्री, अपाङ्गमैत्री र वातावरणमैत्री एकिकृत नमुना बस्ती बन्न लागेकाले उक्त सहयोग गरेको सुनवल नगरबाल क्लबकी संस्थापक अध्यक्ष विपना शर्माले बताएकी छिन् । देशभर रहेका २१ हजार बालक्लबहरुलाई बन्दै गरेका बालमैत्री एकिकृत बस्ती निर्माणमा सहयोग गर्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि यो सहयोग गरेको उनको भनाई छ । सुनवलबाट बालबालिकाको समूह गिरान्चौरमा नै पुगेर उक्त सहयोग हस्तान्तरण गरेका छन् । सुनवल नगरपालिकाको सहयोगमा प्रत्येक घरघर पुगेर संकलन गरिएको उक्त रकम बस्तीमै पुगेर हस्तान्तरण गर्न पाउँदा निकै खुशि लागेको सुनवल नगर बाल सञ्जालकी अध्यक्ष वर्षा गैरेले बताएकी छिन् । बालबालिकाले पनि आवश्यक पर्दा सहयोग गर्न सक्छन्, भन्ने उदाहरणका लागि पनि यो कार्य गरिएको उनको भनाई छ । सहयोग रकम बुझ्दै धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बालबालिकाले गरेको उक्त सहयोगको प्रशंसा गरेका छन् । बालमैत्री समाजमा हुर्केका बालबालिकाको सोच नै फरक हुने भएकाले नै आफुहरुले गिरान्चौरलाई बालमैत्री एकिकृत बस्ती बनाउने प्रण गरेको उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण