बिर्तामोडमा फोर्स मोटर्सका गाडी बिक्री शुरु
सोमबार, ३१ जेठ २०७३, १५ : ५६
काठमाडौं–पूर्वमा पहिलोपटक झापाको बिर्तामोडमा फोर्स मोटर्सका गाडीको विक्री शुरु भएको छ । फोर्स मोटर्सको मेची अञ्चलका लागि आधिकारिक विक्रेता सिद्धार्थ अटो टे«डिङ प्रालिले झापाको बिर्तामोड–७ (भद्रपुर रोड)मा कार्यालय स्थापना गरी सोमवारबाट उक्त गाडीको औपचारिक विक्री शुरु गरेको हो ।
फोर्स मोटर्स लिमिटेड भारतका इन्टरनेशनल सेल्स डिभिजनका सहप्रबन्धक सुनिल शंकले र फोर्स मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिका प्रबन्ध निर्देशक राजन लम्ससंयुक्त रुपमा विक्री केन्द्रको उद्घाटन गरेका हुन् ।
फोर्स मोटर्सका ब्राण्डहरु ट्याक्स क्रुसर जीप, ट्याक्स कार्गो किङ (पिकअप), ट्रोम्प ४०, बलवान ट्याक्टर लगायतका गाडीको लञ्चिङ पनि सो अवसरमा गरिएका जनाइएको छ । कार्यक्रममा फोर्स मोटर्सका उत्पादनहरु ट्राभलर मिनि बस, ट्याक्स गोर्खा जीप, फोर्स एम्बुलेन्स लगायतका गाडीको बारेमा पनि जानकारी गराइएको थियो ।
चारपाने घाग्रापुल नजिकै रहेको फोर्सका गाडीको मर्मत केन्द्रको पनि सोमवार नै उद्घाटन गरिएको छ । फोर्स मोटर्सको विक्रीपछिको सेवालाई प्राथमिकताका साथ अघि बढाउन सिद्धार्थ अटो टे«डिङले सेल्स, सर्भिस र पार्टस विक्रीको सेवा पनि शुरु गरेको प्रबन्ध निर्देशक वीरवहादुर गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
-
प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण