बङ्गालको खाडीमा मौसम बुझ्न पानी भित्रै रोबोट
मङ्गलबार, ३२ जेठ २०७३, १२ : ५६
नयाँ दिल्ली - बङ्गालको खाडीमा मौसमको अवस्था बुझ्ने प्रयोजनका लागि पानी भित्रै रोबोट परिचालन गरेर बुझिने भएको छ ।
भारत र बेलायतका मौसमविद्हरुले सो रोबोट पानीमा परिचालन गर्ने भएका हुन् । भारतीय समुद्रको पानीभित्रबाट बङ्गालको खाडीको मौसम मापन गरिने भएको बताइएको छ ।
मौसमको भविश्यबाणी प्रक्रिया थप विश्वसनीय बनाउन र यकिन रुपमा मौसमको मापन गर्न सजिलो होस भनेर यो प्रविधिको प्रयोग लाग्न लागिएको हो ।
साथै मौसमको अवस्था पत्ता लगाउनका लागि उक्त खाडीको माथिपट्टिबाट अत्याधुनिक यन्त्रजडित उडान पनि गरिने भएको बताइएको हो ।
दक्षिण एसियाको मौसममा नै बङ्गालको खाडीको प्रभाव पर्ने गर्दछ । त्यसैगरी यसबाट भारत र बङ्गलादेश सबैभन्दा बढी प्रभावित हुने गर्दछन् ।
भारतीय किसानहरुमा मौसमको सही जानकारी समयमै हुने हो भने यसबाट खेतीका लागि पनि ठूलो सहयोग पुग्ने बताइन्छ ।
त्यसै कारणले पनि पहिलो पटक यसरी रोबोर्टबाट यो मौसमको अनुमानको प्रविधि थालिएको भारतीय अधिकारीहरुले जानकारी दिएका छन् ।
मौसमको यकिन जानकारी प्रदान गर्न सकिएमा भारतका कम्तीमा पनि २० करोड किसानलाई फाइदा पुग्ने छ । विशेषत भारतको पश्चिमी क्षेत्रको खेती प्रणाली पनि मौसममा आधारित रही आएको छ ।
भारतमा पछिल्लो समयमा खडेरीको प्रकोप निकै नै बढ्न थालेको छ । सोही कारण पनि भारतीय सरकारले यो मौसमको भविश्यवाणीका लागि नयाँ एवम् अत्याधुनिक प्रविधिको प्रयोग सुरु गर्न लागेको हो ।
बेलायतको युनिभर्सीटी अफ इस्ट एन्जिलाका बैज्ञानिकहरुले पत्ता लगाएका सात वटा रोबोर्ट भारतीय समुद्रको पानी भित्र पठाइने छ । यसरी ती रोबोर्टले मौसमले समुद्रमा पारिरहेको प्रभावको बारेमा पनि मापन गर्नसक्ने जनाइएको छ ।
कम्प्युटर जडित ती रोबोर्टहरु बङ्गालको खाडीको दक्षिणी भागमा पठाइने छ । रोबोर्टले त्यस भागमा एक महिना बिताउने छन् र त्यस समयमा मौसमका बारेको सबै सूचना संकलन गरी ती रोबोर्ट फर्किने छन्– भारतीय वैज्ञानिकहरुले जनाएका छन् ।
भारतीय मौसममा अनुमान गर्न निकै गाह्रो हुने गरेको अनुसन्धानदाताहरुको भनाई छ । मौसमको भविश्यवाणी भारतको लागि गर्न निकै कठिन भएकोले पछिल्लो समयमा यसरी रोबोर्टमार्फत गर्ने प्रक्रियाको थालनी गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुट्टामा गोली लागेका जेनजी आनन्द भन्छन्ः सरकाले हामीलाई बिदेसिन बाध्य बनायो
-
मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको उद्धार
-
सुदूरका मुख्यमन्त्रीलाई गगनकाे सुझाव : बजेट विवाद सहमतिबाट समाधान गर्नुहाेला
-
अर्को सूचना जारी नभएसम्मका लागि नारायणगढ–मुग्लिन सडक बन्द, यात्रा नगर्न आग्रह
-
बागमतीमा सत्ता संघर्षः एमालेमा दल नेताको विवाद बढ्दै
-
रौतहट जिल्ला अदालतका एक कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण