महोत्तरीमा मदिरा सेवनबाट थप दुईको मृत्यु
सोमबार, ०६ असार २०७३, ०९ : ४६
गौशाला– महोत्तरीमा अत्यधिक मदिरा सेवनबाट सिकिस्त भएका थप दुई जनाको गएराति मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको गौशाला नगरपालिका–७ बस्ने पञ्चा मल्लिककी पत्नी कलावतीदेवी मल्लिक र औरही गाविस–३ बस्ने बद्री मल्लिक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
शुक्रबार राति १० बजेसम्म समूहमै मदिरा सेवन गरेका तीन जनाको शनिबार बिहान २ देखि ४ बजेको समयमा मृत्यु भएको थियो भने अन्य व्यक्ति सिकिस्त भई उनीहरुको उपचार भइरहेको थियो ।
यसैबीच उपचारको लागि धरान पुगेकी कलावतीको धरानमै र बद्री मल्लिकको मृत्यु जनकपुर अञ्चल अस्पतालमा भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।
शनिबार सहसौला गाविस–६ बस्ने ७० वर्षीय रामवृक्ष मल्लिक, उनका छोरा ४० वर्षीय प्रकाश मल्लिक र गौशाला नगरपालिका–७ का पञ्चा मल्लिक रहेको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
-
प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण