पुल बगाएपछि गोठ गएका बाइस परिवार जङ्गलमै
शुक्रबार, २४ असार २०७३, ११ : ५५
ताप्लेजुङ - ताप्लेजुङको उत्तरी हिमाली गाविस लेलेपस्थित घुन्सा खोलाको पुल बिहीबार बाढीले बगाएपछि गोठमा गएका २२ परिवारलाई घर फर्कन समस्या हुने भएको छ ।
वर्षासँगै बिहीबार बिहान आएको बाढीले सो क्षेत्रमा आवतजावत गर्ने एक मात्रै पुल बगाएपछि गोठमा गएका २२ परिवारलाई घर फर्कन समस्या हुने भएको हो । चौंरीगोठ लिएर गएका घुन्साका १५ र फलेका आठ परिवारलाई घर फर्कने उपाय नभएको घुन्साका हिमाली चुङ्दाले बताए ।
पुल बगाएपछि उनीहरुलाई खाद्यान्न लगायतका आवश्यक सामग्री पु¥याउनसमेत समस्या भएको छ । चुङ्दाका अनुसार घुन्सादेखि कञ्चनजङ्घा हिमालको बेसक्याम्प जाने बाटोको ‘लापुक’ भन्ने स्थानको पुल बाढीले बगाएको छ । सो पुल त्यस क्षेत्रमा आवतजावत गर्ने एक मात्र पुल हो ।
निरन्तरको वर्षाका कारण आएको बाढीले बिहीबार बिहान पुल बगाएपछि दिउँसो गाउँलेले गएर बनाउने प्रयास गरेपनि उनीहरुको उपाय लागेन । पुल बनाउन दुवैतर्फ जनशक्ति चाहिने भएकाले समस्या भएको बताइएको छ ।
बाढीका कारण गोठमा गएका २२ परिवारलाई बोलाएर पुल बनाउन सकिए पनि अलपत्र परेकालाई खबर गर्ने कुनै माध्यम नभएकाले समस्या भएको चुङ्दाले बताए । सो क्षेत्रमा मोबाइल फोनसमेत नचल्ने भएकाले समस्या भएको जनाइएको छ ।
चुङ्दाले टेलिफोनमा बताएअनुसार गोठ अहिले रामदाङ, नुप्चुभेल्ली, थाम्दाङ क्षेत्रमा छन् । आलुखेती हुने खम्बाछेनमा खेतीका लागि परिवारका सदस्य गएका छन् ।
एउटा परिवारका दुई÷तीनजना गोठमा जाने अरू घरमा बस्ने गरेर परिवारका सदस्य विभाजित भएर बस्ने गरेका छन् । सो खोलामा काठेपुल बनाउन कम्तीमा पनि रु ६ लाखसम्म लाग्ने र त्यो पनि पानी घटेपछि मात्रै सम्भव हुने चुङ्दाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन विधेयक पारित
-
इरानको तटीय क्षेत्रमा फेरि विस्फोट, सैन्य अड्डा आसपास आक्रमण भएको आशङ्का
-
पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी घोषणा
-
अली खामेनीको अन्त्येष्टि परिवारका सदस्यमा सीमित हुने
-
पूर्वमुख्यमन्त्री सोडारीविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ स्थगित
-
राष्ट्रिय सभामा चार विधेयकमाथि समितिको प्रतिवेदन पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण