‘म समलिङ्गी भएका कारण मेरो बुवाले आत्महत्या गर्नुभयो’
शुक्रबार, २८ साउन २०७३, १२ : ५१
टीन वुल्फका स्टार कोल्टन हेनिसले आफू समलिङ्गी भएका कारण उनका बुवाले आत्महत्या गरेको बताएका छन् । आउट म्यागजिनको सेप्टेम्बर अंकका लागि दिएको अन्र्तवार्तामा उनले सो कुराको खुलासा गरेका हुन् ।
२८ वर्षीय कोल्टनले आफ्नो समलैङ्गीकताका बारे आफू १४ वर्षको हुँदा परिवारलाई बताएका थिए ।
‘संसारभरीको म अन्तिम व्यक्ति हुनेछु जसले भन्नेछ, ‘मेरो बुवा, मलाई दया गर्नुहोस्’ । तर मलाई बताइयो कि मेरो बुवाले आफैंले आफैलाई मार्नुको कारण म समलिङ्गी भएको कारणले हो, ’ कोल्टनले भने ।
डेली मेलको अनुसार उनको बुवाको मृत्युपछि उनका आमा र दाजुभाइ उनको बुवाको सामानहरु लिन गएका थिए र उनीसँग कोल्टनको एउटै मात्र तस्बिर भेटियो जुन उनी आठ कक्षा पढ्दा बेला खिचेका थिए ।
उनका बुवा विलियमले सातवटा विवाह गरे । कोल्टनकी आमा डानासँग सम्बन्धविच्छेद भएपछि यी बाबु छोराको सम्बन्ध खासै नजिक भएन ।
उनका बुवाले ४० वटा पिल्स खाएर आत्महत्या गरेको खबर उनलाई नजिकका आफन्तले सुनाए ।
कोल्टनले आफू समलिङ्गी भएको कुरा पहिले नै थाहा भएको तर आफ्नो करियरको लागि त्यो वास्तविकतालाई सबैबाट लुकाएको बताए ।
‘मैले आफ्नो पहिचान धेरै सम्मको लागि लुकाउनु पर्दा मलाई निकै नराम्रो लागेको छ । तर मैले यसो गरे मात्र सफलता पाउने भन्ने जानकारी दिइयो । जब तपाईं कुनै क्षेत्रमा नयाँ हुनुहुन्छ भने धेरै मानिसहरुले तपाईंबाट फाइदा लिन्छन् र तपाईंले जे सपना देख्नु भएको छ, त्यो सजिलै पूरा हुन्छ भनेर पनि आश्वासन दिन्छन्,’ अभिनय सिक्नका लागि १७ वषको उमेरमा लस एन्जलस आएका कोल्टनले बताए ।
कोल्टनले आफ्नो पहिचान बारे मे महिनामा पहिलो पटक जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण