बिपासासँग खानको लागि समेत पैसा हुँदैनथ्यो, १६ रुपैयाँ पर्ने खाना डीनोसँग बाँड्थिन्
शुक्रबार, २८ साउन २०७३, १३ : १६
नयाँ दिल्ली । भर्खरै करण सिंह ग्रोवरसँग विवाह बन्धनमा बाँधिएकी बलिउड नायिका बिपाशाले आफ्ना संधर्षका दिनबारे खुलासा गरिन् । डीएनएलाई दिएको एक अन्र्तर्वातामा बिपासाले मुम्बईको सुरुवाती दिनमा आफूले गरेको संघर्ष बारे खुलेर कुरा गरेकी छिन् ।
बिपाशाले अन्र्तवार्तामा आफ्नो जिन्दगीको त्यो पाटोलाई सार्वजनिक गरेकी छिन् जसबारे धेरै मानिसलाई थाहा छैन । फिल्म ‘अजनबी’ मार्फत फिल्मी क्षेत्रमा पाइला टेक्ने बिपाशाले करियरको सुरुवातमा मोडलिङ गरिन् । उनका अनुसार उनको मोडलिङको दुनियाँ पनि सजिलो थिएन । त्यतिबेला उनीसँग खानको लागि समेत पैसा हुँदैनथ्यो जसका कारण उनले निकै समस्याको सामना गनुपरेको उनले बताइन् ।
बिपाशा भन्छिन्, ‘सुरुवाती दिनहरुमा जिन्दगी निकै मुश्किल थियो । तर मैले मेरो परिवारलाई यसबारे केही भनक पर्न दिइनँ । धेरैजसो स्थितीमा मसँग खानको लागि पैसा हुँदैनथ्यो जसका कारण एउटा केराले म आफ्नो भोकलाई शान्त पार्दथें । म र डिनो मोरियाले १६ रुपैयाँ पर्ने खाना लिन्थ्यौं जसबाट म खाना खान्थें, डिनोले भने चपाती खान्थे । ’
‘कहिले काँही रेष्टुरेन्ट जान मनलाग्थ्यो । साथीहरुसँग हामी रेष्टुरेन्ट जान्थ्यौं तर एउटा आइक्रिम अर्डर गरेर हामी घण्टौंसम्म त्यहाँ बस्थ्यौं,’ उनले थपिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण