‘ट्युबलाइट’ मा १८ वर्ष कान्छी चीनियाँ नायिकासँग प्रिती गाँस्दै सलमान
शुक्रबार, २८ साउन २०७३, १४ : ०९
नयाँ दिल्ली । सलमान खानको आउँदो फिल्म ‘ट्युबलाइट’ मा कुनै भारतीय मूलका नायिका नभई चीनियाँ नायिकाले अभिनय गर्ने भएकी छिन् । यही फिल्मबाट यी चीनियाँ नायिकाले बलिउड फिल्मी संसारमा पाइला टेक्दै छिन् ।
झू झू नामकी यी चीनियाँ नायिकाले थुप्रै फिल्ममा काम गरिसकेकी छिन् । उनी गायिका र टीभी होस्ट पनि हुन् ।
कबिर खानद्वारा निर्देशित यो फिल्मको सुटिङ लद्दाखमा चलिरहेको छ । उनले केही दिन पहिले मात्र लद्दाखमा सुटिङ सुरु गरेकी छिन् ।
झु झुले आफ्नो इन्स्टाग्राममा लद्दाखका केही तस्बिरहरु सार्वजनिक गरेकी छिन् ।
उनी निकै स्तरीय गायिका पनि हुन् । उनले थुप्रै एल्बमहरु समेत रिलिज गरिसकेकी छिन् ।
सलमान र झुझु स्टारर यो फिल्म आउँदो वर्ष रिलिज हुने बताइएको छ ।
सलमानकी यी नायिकाको उमेर ३२ वर्षको छ । उनी सलमानभन्दा १८ वर्ष कान्छी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण