एलियनले बलात्कार गरेको दाबी गर्ने महिला भन्छिन्, ‘१८ पटक गर्भपतन गराइसकेकी छु’
शुक्रबार, २८ साउन २०७३, १५ : ०२
एलियनको अस्तित्व छ छैन भन्ने विषय अहिलेसम्म विवादास्पद छ । आजकाल धेरै मानिसहरुले एलियनको अस्तित्वबारे विभिन्न प्रकारका दाबी गर्दै आएका छन् । कसैले उडनतस्तर देखेको भनी दाबी गर्छन् भने कसैले एलियनलाई नै देखेको भन्ने गरेका छन् । तर यहाँ एक महिलाले जुन कुरा दाबी गरेकी छिन्, यो कुरा सायद तपाईंले पत्याउनुहुन्न होला ।
४४ वर्षीया इटालीकी गियोवन्ना पोद्दाले आफूलाई एलियनले बाल्यकालमा अपहरण गरी बलात्कारसमेत गरेको दाबी गरेकी छिन् । उनको दाबी अनुसार एलियनले बलात्कार गरेपछि उनी गर्भवती भइन्, त्यो पनि एक/दुई पटक होइन, १८ पटक गर्भवती भएको उनको दाबी छ ।
पोद्दाका अनुसार उनलाई चार वर्षको उमेरमा एलियनले अपहरण गरेको थियो । करिब पाँच वर्ष पहिले गर्भवती भएको लक्षण देखिएपछि उनी चेकअपको लागि क्लिनिक गइन् । चेकअप गर्दा डाक्टरले बच्चासँग मिल्ने कार्डिक रिदमको पत्ता त लगाए तर बच्चा भने पाउन सकेनन् । उनको पेटभित्र बच्चा चल्ने भएका कारण उनले डाक्टरहरुसँग गर्भपतनको माग राखिन् । डाक्टरहरुले जब उनको गर्भपतन गरियो तब उनको गर्भबाट प्लासेन्टा र हाइब्रिड भ्रुण निकालियो । यो गर्भपतनलाई रेकर्डसमेत गरिएको छ ।
पोद्दाका अनुसार उक्त भ्रुण कुनै पनि महिलाको पेटबाट निकालिएको भनेर कसैले पनि पत्याउन सक्दैनन् । उनी भन्छिन्, ‘एलियन्सबाट गर्भवती भएको यो पहिलो घटना होइन, मैले यस्तो प्रकारको १८ वटा गर्भपतन गराइसकेकी छु ।’
एलियन्सले यस्तो गर्नुका पछाडि उनीहरुको एउटा मिसन भएको पोद्दा दाबी गर्छिन् । ‘एलियन्सले मानव जातीसँग मिलेर आफ्नो हाइब्रिड प्रजाति तयार गर्ने मिसन बोकेको छ,’ उनी भन्छिन् ।
मिडियाको रिपोर्ट अनुसार पोद्दासँग एलियन्सको उडनतस्तरको भिडियो र फोटो प्रमाण छन् । यसका साथै उनको शरिरमा अचम्म किसिमका निशाना र जलेको दाग पनि छन् ।
आफनो जीवनको यो घटना सार्वजनिक गरेपछि पोद्दालाई उनी बसेको घरबाट निकाल्नुका साथै जागिर छोड्न बाध्य बनाइएको पनि उनले दाबी गरेकी छिन् ।
एलियन्सबाट गर्भवती भएको दाबी गर्ने उनी पहिलो महिला भने होइनन् । लस एन्जलिसमा बस्ने अलूना वर्स र अरिजोनाकी ब्रिडजेट निल्सन एलियन्सबाट गर्भवती हुने महिलाको समूहका सदस्य हुन् । यी दुबैले आफ्ना सन्तान एलियन्सको ठूलो उडनतस्तरभित्र हुर्किरहेको बताएका छन् । यी दुईको एलियन्सबाट १३ जना सन्तान रहेको उनीहरुले बताउने गरेका छन् ।
यो समूहका सदस्यले पनि एलियन्स र मानव जाती दुबैको विशेषता पाउनका लागि एउटा नयाँ प्रजाती तयार गर्ने मिसनमा एलियन्स रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण