खुसीको खबरः फेरी देखिनेछ मेस्सीको म्याजिक, अन्तर्राष्ट्रिय फुटबलमा फिर्ता हुने
शनिबार, २९ साउन २०७३, ०९ : १८
बार्सिलोना । लियोनेल मेस्सीले आफ्नो देश अर्जेन्टिनाका लागि पुनः फुटबलको मैदानमा फिर्ता हुने घोषणा गरेका छन् । गत जून महिनामा आफ्नो खेल जीवनबाट सन्यास लिएका उनको यो निर्णयले संसारभरका उनका प्रशंसकहरु खुसीले गद्गद भएका छन् ।
उनले अर्जेन्टिनाको फुटबलमा धेरै समस्या आएका कारण यसलाई बढेको हेर्न नसक्ने बताएका छन् । उनी भन्छन्, ‘अर्जेन्टिनाको फुटबलमा मैले आजकाल धेरै समस्या देखिरहेको छु । म यी समस्याहरु अझ बढेको हेर्न सक्दिनँ । मेरो लक्ष्य नोक्सान पुर्याउने नभई मदत गर्नु हो ।’
‘अर्जेन्टिनाको फुटबलमा धेरै समस्याहरुको समाधान गर्नुपर्छ । मैले यस बाहिर बसेर आलोचना गर्नुभन्दा भित्र बसेर नै चुनौतीको सामना गरी समस्याको समाधान गर्ने निर्णय गरें, ’ उनले थपे ।
‘कोपा अमेरिकाको फाइनलमा मेरो मथिङ्गलमा धेरै कुराहरु खेले । त्यतिबेला मैले वास्तवमा नै टीम छोड्ने निर्णय गरें । तर म मेरो सर्ट र मेरो देशलाई धेरै नै माया गर्छु, ’ उनले वास्तविकता खोले ।
उनले आफ्ना सबै प्रशंसकहरुलाई धन्यवाद दिएका छन् । उनी भन्छन्, ‘अर्जेन्टिनाका लागि खेलिरहोस् भन्ने चाहना राख्ने मेरा प्रिय प्रशंसकहरुलाई म धन्यवाद दिन चाहन्छु । मलाई आशा छ, हामीले उनीहरुका लागि चाँडै नै खुसीको खबर सुनाउने छौं ।’
मेस्सीले यस वर्षको जून महिनामा आयोजित कोपा अमेरिकाको फाइनलमा आफ्नो टीम चिलीसँग हारेपछि सन्यासको घोषणा गरेका थिए । उनको यो घोषणा पछि फुटबल जगतमा फिर्ता हुन उनलाई थुप्रै प्रशंसकहरुले आग्रह गरेका थिए । यहाँ सम्म कि महान् फुटबल खेलाडी पेले र डिएगो म्याराडोनाले पनि मेस्सीलाई राष्ट्रिय टीममा फिर्ता हुन आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण