नरेन्द्र मोदीलाई अपमान गरेको भन्दै राखी सावन्तविरुद्ध अदालतमा मुद्दा दर्ता
शनिबार, २९ साउन २०७३, १० : २९
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अपमान गरेको आरोपमा बलिउडकी ‘आइटम गर्ल’ भनेर चिनिने राखी सावन्तविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।
राखीले मोदीको नाम र फोटो राखेर डिजाइन गरिएको ‘ड्रेस’ लगाएका कारण मेरठको एसीजेएम अदालतमा प्रोग्रेसिभ वुमन वेलफेयर नामको एक एनजीओले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।
राखीको यस्तो हर्कतले प्रधानमन्त्रीको गरिमाको अपमान गरेको एनजीओकी उपाध्यक्ष लता बताउँछिन् ।
उपाध्यक्ष भन्छिन्, ‘हाम्रो देशले महिलाको गरिमाको सम्मान गर्छ । तर पब्लिसिटी पाउनका लागि यस्तो प्रकारको काम गर्नु कुनै पनि महिलालाई शोभा दिँदैन । राखीको यस्तो व्यवहारले देशको प्रधानमन्त्रीको प्रतिष्ठामा ठेस पुगेको छ । हाम्रो देशमा यस्तो प्रकारुको कृत्य स्विकार्य छैन ।’
स्मरण रहोस्, राखीले मिडियामा चर्चा बटुल्नका लागि १० अगस्टमा प्रधानमन्त्रीको नाम र फोटो भएको ड्रेस लगाएकी थिइन् । राखीले यो ड्रेस शिकागोमा स्वतन्त्रता दिवससँग जोडिएको एक कार्यक्रममा लगाएकी थिइन् । मोदीको प्रिन्ट भएको यो फोटो सोसल मिडियामा निकै चर्चित भएको थियो । त्यतिबेला पनि सोसल मिडियामा मनिसहरुले उनको यो हर्कतको निकै आलोचना गरेका थिए ।
चर्चामा रहिरहनका लागि राखी अनेकौं प्रकारको विवादास्पद बयान दिने गर्दछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण