नम्रता र आर्यन बने वर्षका उत्कृष्ट
आइतबार, ३० साउन २०७३, ११ : १२
काठमाडौं – नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठले उत्कृष्ट नायक नायिकाको अवार्ड जितेका छन् । उनीहरु पोखरामा शनिबार सम्पन्न आठौं डिजिटल सिने अवार्डबाट उत्कृष्ट नायक नायिकाको अवार्ड पाउन सफल भएका हुन् ।
आयोजक छाँयाछवि क्रियसनले राजधानी बाहिर पहिलोपटक आयोजना गरेको अवार्ड वितरण कार्यक्रमबाट उत्कृष्ट निर्देशकको अवार्ड दिपेन्द्र के खनालले पाए भने उत्कृष्ट चलचित्र ‘क्लासिक’ ठहरियो ।
यस्तै उत्कृष्ट चरित्र अभिनेत्रीको अवार्ड दिपाश्री निरौलाले पाउँदा उत्कृष्ट गायिकाको अवार्ड अन्जु पन्तले जितिन् ।
यस्तै छाँया छवि चलचित्र पत्रकारिता पुरस्कार नरेश भट्टराई, छाँयाछवि चलचित्र रजत सम्मान छवि ओझा र करिष्मा मानन्धरलगायत २६ जनाले जिते ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण