थाहा पाउनुस् यी नायिकाले एउटा आइटम गीतको लागि कति करोड लिए !
आइतबार, ३० साउन २०७३, १४ : ०७
बलिउडमा आजकल आइटम गीतबिना फिल्म अधुरो लाग्छ । र त धेरैजसो फिल्म निर्माताले आफ्नो फिल्ममा कम्तीमा एउटा आइटम गीत राख्ने गर्दछन् । यस्ता आइटम गीत नायिकाहरुका लागि मोटो रकम कमाउने माध्यम बनेको छ । आउनुहोस्, थाहा पाऔं एउटा आइटम गीतको लागि नायिकाले कति रुपैयाँसम्म पारिश्रमिक लिने गर्दछन् ।
चित्राङ्गदा सिंहः
एउटा आइटम गीतको लागि चित्राङ्गदा सिंहले १ करोड २८ लाखसम्म लिने गर्दछिन् ।
ज्याकलिन फर्नान्डिजः
फिल्म ‘रमैया वस्तावैया’ फिल्मको आइटम गीत ‘जादू की झप्पी’ का लागि ज्याकलिन फर्नान्डिजले १ करोड ६० लाख रुपैयाँ लिएकी थिइन् ।
मलाइका अरोडाः
चर्चित आइटम गीत ‘मुन्नी बदनाम हुई’ का लागि मलाइका अरोडाले दबंग फिल्मका निर्माताबाट २ करोड ६० लाख रुपैयाँ पारिश्रमिक लिएकी थिइन् ।
सन्नी लियोनः
‘रागीनी एमएमएस’ फिल्मको ‘बेबी डल’ नामक आइटम गीतका लागि सन्नी लियोनले ३ करोड ६० लाखको मोटो रकम पारिश्रमिकस्वरुप लिएकी थिइन् ।
मल्लिका शेरावतः
आइटम गीत ‘जलेबी बाई’ का लागि मल्लिका शेरावतले ३ करोड ६० लाख पारिश्रमिक लिएकी थिइन् ।
कट्रिना कैफः
‘अग्निपथ’ फिल्मको ‘चिकनी चमेली’ भन्ने आइटम गीतका लागि पाँच करोड ६० लाख रुपैयाँ पारिश्रमिक लिएकी छिन् ।
करिना कपुरः
करिना कपूरले ‘हलकट जवानी’ आइटम गीतको लागि ८ करोड रुपैयाँ लिएकी छिन् ।
प्रियंका चोपडाः
प्रियंका चोपडाले फिल्म ‘रामलिला’ मा ‘राम तेरी लिला’ का लागि ६ करोड ६० लाख रुपैयाँ लिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण