जब मुटु नभएकी पत्रकारले दुर्घटनाका घाइतेसँग अन्तर्वार्ता लिइन्
आइतबार, ३० साउन २०७३, १५ : ५२
दक्षिण अमेरिकामा एउटा निकै अचम्मको भिडियो सार्वजनिक भएको छ । यो भिडियामा एक महिला पत्रकारले दुर्घटनामा सख्त घाइते भएका एक व्यक्तिलाई मद्दत गर्नुको साटो अन्र्तवार्ता लिइरहेको देखिएको छ ।
द सनका अनुसार, बाइकमा सवार एल सालभाडोरको बाटोमा बाइकमा हुइँकिरहेका एक व्यक्तिलाई ट्रकले ठक्कर दिएको थियो । घटनास्थलमा रिपोर्टिङ गर्न पुगेकी न्यूज च्यानलकी महिला पत्रकारले त्यति नै बेला उनलाई सहयोग गर्नुको साथ एक पछि अर्को गर्दै प्रश्नहरु तेर्साइन् ।
[caption id="attachment_71210" align="alignleft" width="840"] Reporter interviews dying man who'd just been run over on live TV in El Salvador[/caption]
ट्रकले ठक्कर दिएपछि सडकमा लडेका ती व्यक्ति पीडाले छट्पटिरहेका थिए तर ती घाइते व्यक्तिलाई अस्पताल पुर्याउन सहयोग गर्नुको साटो ती पत्रकारलाई समाचार बनाउन बितेको थियो ।
भिडियोमा देखिए अनुसार ती व्यक्तिले बारम्बार आफूलाई ठक्कर दिएको र निकै पीडा भइरहेको बताइरहेका छन् । तर यता ती पत्रकारले भने अचम्मको प्रश्न सोधिरहेको देख्न सकिन्छ । उनले सोधिन्, ‘ के तिमीले ट्रक आइरहेको देखेनौ ?’ यसको प्रश्न ती युवकले निकै गाह्रो गरी दिए ।
[caption id="attachment_71211" align="alignleft" width="840"] Reporter interviews dying man who'd just been run over on live TV in El Salvador[/caption]
ती घाइते युवकको गहिरो चोटका कारण मृत्यु भएको बुझिएको छ ।
तपाईं पनि हेर्नुहोस्, यी पत्रकारको लाइभ रिपोर्टिङः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण