बोल्टले रचे इतिहासः १०० मिटरको दौडमा लगातार तेस्रो पटक स्वर्ण पदक
सोमबार, ३१ साउन २०७३, १० : ३४
रियो डी जेनेरियो । सदाबहार महान एथलेटको दर्जा प्राप्त गरिसकेका जमइकाका उसेन बोल्टले आइतबार रियो ओलम्पिकको १०० मिटर दौडको प्रतिस्पर्धामा विजयी भएका छन् । बोल्टले लगातार तेस्रो पटक यो प्रतिस्पर्धा बाजी मारेका हुन् । बेइजिङ (सन् २००८) र लण्डन (सन् २०१२) मा यो उपाधि हात पारिसकेका बोल्टले ओलम्पिक स्टेडियममा ९.८१ सेकेन्डसँगै पहिलो स्थान हाँसिल गरे जबकी अमेरिकाका चर्चित जस्टिन गाटालिनले ९.८९ सेकेन्डसँगै दोस्रो स्थान हाँसिल गरेका छन् ।
यस्तै गरी क्यानडाका आन्द्रे ग्रासेले ९.९१ सेकेन्डसँगै आफ्नो देशको लागि १०० मिटरमा पहिलो पदक जित्न सफल भएका छन् भने जमैकाका योहान ब्ल्याक चौथो स्थानमा रहेका छन् । सुरुवाती ५० मिटरसम्म गाटलिन अगाडि बढिरहेको थिए भने पछिको ४० मिटरमा बोल्टले आफ्नो जादु देखाए र पाँच मिटर बाँकी रहेका बेला गाटलिन शीर्ष स्थानमा आउन सफल भए । बोल्टले आफ्नो छाती पिट्दै आफ्नो जीतको घोषणा गरे ।
जीतपछि बोल्टले बीबीसीलाई भने, ‘मैले आशा गरे सरह छिटो दौडन सकिनँ, तर म खुसी छु कि मैले बाजी मारें । म यहाँ प्रर्दशनको लागि आएको हुँ । मैले जे गर्नु थियो त्यो मैले गरे ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण