रियो ओलम्पिक: महिनावारी भएका बेला पौडी खेल्ने चीनियाँ खेलाडी
मङ्गलबार, ३२ साउन २०७३, १० : ०५
रियो डे जेनेरिया । ओलम्पिकमा प्रतिस्पर्धा गर्नु धेरैको लागि तनावको विषय हो, तर महिनावरी भएका बेला प्रतिस्पर्धामा खरो उत्रने कुरा चानचुने होइन ।
चीनको स्विमिङ सेलिब्रिटीमध्येकी एक फु युआनहुई रातारात सोसल मिडियामा चर्चित भइन् । उनी चर्चित हुनुको पछाडि उनले आफ्नो खेलपछि निर्धक्क रुपमा दिएको अन्र्तवार्तालाई श्रेय जान्छ ।
अब उनी अनलाइन मिडियामा कुरा गर्ने विषय बनेकी छिन् । वर्षौैंदेखि खेल जगत्मा प्रतिबन्ध लगाइएको विषयलाई उनले तोडेकी छिन्– महिनावारी भएका बेला पौडी खेलेर ।
आइतबारको महिलाको 4x100m मेड्ले रिले प्रतिस्पर्धामा चीनले चौथो स्थान हाँसिल गर्यो ।
खेलपछि, टोलीका साथीहरु लु यिङ, सि जिंगलिन र जु मेन्घुईलाई पत्रकारहरुले प्रश्न गरे तर सुरुमा फुलाई कतै भेटिएन ।
उनी एक बोर्डको पछाडि निहुरिएर बसिरहेकी थिइन् । महिनावारी हुँदाको दुखाईले उनलाई ग्रस्त पारेको थियो ।
जब पत्रकारहरुले उनलाई के भयो भनी प्रश्न गरे, फुले भनिन्, ‘यसपटक मैले राम्रोसँग पौडी खेल्न सकिनँ यसका लागि टोलीका साथीहरुसँग माफी माग्न चाहन्छु ।’
‘यस्तो यसकारण भयो किनभने मेरो महिनावारी हिजोबाट सुरु भयो, त्यसकारण म निकै थाकें, मैले राम्रोसँग पौडी खेलिनँ ।’
चीनियाँ दर्शकहरुका लागि यो निकै चोटिलो क्षण थियो जसले मिडियाको सहारा लिएर उनको समर्थन गरे ।
‘महिनावारी भएका बेला पनि पौडी खेलेका कारण म फु युयानहुईको प्रशंसा गर्छु । महिनावारी भएका बेला महिलालाई गाह्रो हुन्छ विशेषगरी यतिबेला पेट र ढाड दुख्छ । उनले चौथो स्थान हाँसिल गरेका कारण दुखी छिन् तर फु युयानहुई हामी अझै पनि तिमीमाथि गौरव गर्छौं,’ सिना वोइबोकी प्रयोगकर्ता टीएओ लेख्छिन् ।
चीनलाई ट्याम्पोन्स बारे कमै थाहा छः
उनको यस्तो अभिव्यक्ति पछि चीनमा कमैले मात्र प्रयोग गर्ने ट्याम्पोन्सबारे छलफल सुरु भएको छ ।
एक कम्पनीले गरेको सर्वेक्षण अनुसार चीनका २ प्रतिशत महिलाले मात्र ट्याम्पोन्स प्रयोग गर्छन् । यता ४२ प्रतिशत अमेरिकी महिलाले ट्याम्पोन्सको प्रयोग गर्दछन् ।
धेरै महिलालाई यसको प्रयोग कसरी गर्ने भन्ने बारे थाहा छैन, अझ धेरैले त यसको बारेमा सुनेका पनि छैनन्, कटन इन्कले गरेको सर्वेक्षणले बताउँछ ।
‘कतिले त फु ले झुटो बोलिरहेको आरोप लगाइरहेको छन्, महिनावारी भएका बेला उनी कसरी पानीमा जान सक्छिन् भनेर उनीहरुले प्रश्न गरिरहेका छन्,’ वेबो प्रयोगकर्ता डिभिङन्यूले लेखे । ‘चीनियाँ मानिसहरु ट्याम्पोन्सबारे पूर्वाग्रह राख्छन् – म एक ३० वर्षकी महिला हुँ तरपनि मलाई ट्याम्पोन्सबारे खासै त्यति थाहा छैन, यसको प्रयोग गर्न म डराउँछु । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण