सनकी महिलाको करतुतः पहिले कारले ठक्कर दिइन्, त्यसपछि शव अगाडि मज्जाले नाचिन्
मङ्गलबार, ३२ साउन २०७३, १५ : ०३
एक महिलाले पैदलयात्रीलाई ठक्कर दिएपछि उनले ती व्यक्तिको शव अगाडि मज्जाले नाचेकी छिन् ।
पुरुषलाई ठक्कर दिनुभन्दा पहिले ती महिलाले आफ्नो कार बेतोडले हुइँकाएको बताइएको छ ।
मिरर डट कमका अनुसार घाइतेको शरिर जब उनको कारको बोनेटमा पछारियो तब उनले ती व्यक्तिलाई सहयोग गर्नुको साटो एक्सिलरेटर दबाएर झन् अगाडि बढिन् ।
ती व्यक्तिसँग ठोक्किएपछि पनि महिलाले आफ्नो कारलाई २ सय मिटर अगाडि बढाइन् ।
सेतो लुगा लगाएकी महिलाले त्यहाँ उपस्थित सयौं प्रत्यक्षदर्शीलाई अचम्मित पारिदिइन् जब उनी कारबाट निस्किएर शवको अगाडि मज्जाले नाच्न थालिन् ।
नजिकैको पसल र मन्दिरमा गीतको आवाज आइरहेको थियो । गीतमा ताल मिलाउन उनले आफ्नो हात, खुट्टा मज्जाले हल्लाएकी थिइन् भने आफ्नो कम्मर मर्काउन पनि बिर्सिनन् ।
प्रत्यक्षदर्शीले ती महिला नाचेको दृश्य सोसल मिडियामा पोष्ट गरे र त्यतिबेलादेखि नै यो भाइरल भएको छ ।
पूर्वी चीनको जिनिंग शहरमा यो घटना भएको हो ।
नाम नखुलाइएको ती महिला स्थानीय ज्योतिषी बताइएको छ र उनलाई हत्याको आरोपमा पक्राउ गरिएको छ ।
सजायँबाट जोगिनका लागि ती महिलाले आफू मानसिक रोगीको नाटक गरेको अनुमान पुलिसले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण