पत्याउनै गाह्रोः म्याकडोनाल्डमा काम गरे, चिया बेचे र १९ वर्षमा बने करोडपति
बुधबार, ०१ भदौ २०७३, ११ : ४७
बेलायतमा बस्ने एक १९ वर्षीय टिनएजरले यस्तो काम गरेर देखाइदिए जसले संसारभरीका सबै मानिसहरुलाई अचम्मित बनाइदिन्छ । किशोरावस्थामा उनले यति धेरै पैसा कमाए कि उनदे आफ्नो लागि १ करोड १२ लाख पर्ने बेन्टलेसम्म खरिद गरेका छन् ।
मेलअनलाईनको रिपोर्ट अनुसार बेलायतको साउथह्याम्पटनमा बस्ने रोबर्ट मुफेनले यति सानो उमेरमा नै संसारलाई चकित बनाउने सफलता हाँसिल गरेका छन् ।
विद्यालयमा पढ्दापढ्दै उनी सफलताको सिढिँमा उक्लँदै थिए । अहिले उनको आफ्नी आमालाई खुसी बनाउनका लागि एउटा गाडी र ठूलो घर खरिद गरेका छन् । यस्तो होइन कि मुफेनले सफलता मात्र देखे ।
यति पैसा कमाउनुभन्दा पहिले उनी म्याकडोनाल्डमा काम गर्दथे । आर्थिक हालत राम्रो नभएका कारण उनले १६ वर्षको उमेरमा यस्तो काम गर्नुपर्यो । पढ्दापढ्दै म्याकडोनाल्डमा काम गर्नुका साथै उनले अर्को साइड बिजनेस पनि चलाएका थिए – चिया बेच्ने ।
यसरी धनी बने
मफेनका अनुसार उनले पैसा कमाउनका लागि १६ वर्षको उमेरदेखि नै शेयर मार्केट (बाइनरी ट्रेडिंग) मा पैसा लगाउने तालिम लिन सुरु गरेका थिए । त्यतिबेला देखि नै उनले लगातार सिक्दै र लगानी गर्दै गए । त्यसपछि उनले आफ्नै एक कम्पनी खोले ।
एक अन्र्तवार्तमा मुफेनले भने, ‘कलेजबाट फर्कने बित्तिकै म्याकडोनाल्ड र चिया पसलमा काम गर्नु मेरो लागि साँच्चै नै एक कठिन समय थियो । तर त्यस्तो स्थितीमा पनि मैले केही ठूलो गर्नुपर्ने आफ्नो सोचलाई कहिले पनि छोडिनँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण