१० विश्व रेकर्ड राखेको संसारको सबैभन्दा अग्लो र लामो सिसाको पुल आगन्तुकका लागि खुल्ला गरिँदै
बुधबार, ०१ भदौ २०७३, १२ : १८
मध्य चीनको हुनान प्रान्तस्थित जाङ्जियाजीमा रहेको संसारको सबैभन्दा अग्लो र लामो सिसाको पुल शनिबारदेखि आगन्तुकका लागि खुल्ला गरिँदै छ ।
४३० मिटर लामो, ६ मिटर चौडाइ रहेको उक्त पुलमा तीन तहको ९९ वटा पारदर्शी ग्लास बिछ्याइएको छ । यो पुल जमिनभन्दा ३ सय मिटर अग्लो दुईवटा ठाडो भीरको बिचमा राखिएको छ ।
समितीका अनुसार डिजाइन र निर्माणमा यो पुलले १० वटा विश्व रेकर्ड कायम गरेको छ ।
साङ्घाइ डेलीका अनुसार एक दिनमा ८ हजार मानिस पुलको वारपार गर्न सक्छन् । भ्रमणको लागि आउनु एक दिन पहिले नै यसको लागि टिकट बुक गरिसक्नुपर्नेछ ।
यस पुलको निर्माण गत डिसेम्बरमा सिद्धिएको थियो । पुल कति बलियो छ भनेर पुष्टि गर्नका लागि जुलाईमा २ टनको ट्रक उक्त पुलमा चलाइएको थियो ।
अद्वितीय पिल्लरजस्तो देखिने यी दुईवटा पहाडको बनावट हलिउडको ब्लकबस्टर फिल्म ‘एभटार’ पनि देख्न पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण