सम्बन्धविच्छेदका अचम्मका कारणः श्रीमानले घुरेको देखि श्रीमतीले नुहाउन लामो समय लगाएकोसम्म
बुधबार, ०१ भदौ २०७३, १८ : ०६
सम्बन्ध विच्छेद हुने धेरै कारणहरु मिल्दाजुल्दा हुन्छन् जस्तै विवाहेत्तर सम्बन्ध, दाइजो, घरेलु हिंसा आदि । तर एकअर्कामा विवाद हुन यी कुराहरु मात्र प्रमुख होइनन् । यी कुराहरु साधारण त होइनन् तर यी सम्बन्धविच्छेदका कारण बन्ने गर्दछन् । आउनुहोस्, सम्बन्धविच्छेदका यस्तै रोचक कारणबारे यहाँ जानकारी लिऔं ।
१. संसारभरी सम्बन्धविच्छेदका यस्ता कारणहरु पनि सार्वजनिक भएका छन् जसमा कुनै एक व्यक्तिको एलर्जीका कारण पनि सम्बन्धमा दरार आएको छ । कसैलाई पसिनाको गन्धबाट एलर्जी थियो भने कसैलाई स्ट्रबेरी खाँदा ।
२. तपाईंलाई सुन्दा अचम्म लाग्ला तर साथीहरुलाई धेरै उपहार दिएका कारण पनि सम्बन्धविच्छेद भएको छ । आफ्नो साथीलाई धेरै उपहार दिने पार्टनरको बानीबाट आजित भएर धेरैले आफ्नो वैवाहिक सम्बन्ध तोडेका छन् ।
३. बमथरुममा घण्टौं बिताउने पार्टनरको बानीले धेरैलाई तनाव दिएको हुनसक्छ तर यो सम्बन्धविच्छेदको कारण नै बन्ला भन्ने धेरैले सोच्नुभएको छैन होला । तर वास्तवमा यस्तै भएको छ । बाथरुममा धेरै समय बिताएको भन्दै विवाहित जोडीबिच झगडा हुने गरेको छ र अन्त्यमा यो सम्बन्धविच्छेदको कारणसमेत बनेको छ ।
४. श्रीमान् श्रीमतीले वर्षौंदेखि लुकाएर राखेको कुरा अचानक एकदिन सार्वजनिक हुँदा यसले पनि धेरैको सम्बन्धलाई अन्त्य गरेको छ । लुकाएर राखेको कुरा सानै भएपनि कुरा लुकाएको भन्दै सम्बन्धमा दरार आउँछ र पार्टनरबिचको भरोस टुट्ने गर्दछ । यो धेरैपटक सम्बन्धविच्छेदको कारण बनेको छ ।
५. राती सुत्दा घुर्ने बानीले पनि सम्बन्ध अन्त्य भएको छ । यस्तै गरी राती अबेरसम्म सोसल मिडियाको प्रयोग गर्ने र मोबाइलमा रातको समयमा पटक पटक मेसेज चेक गर्ने बानीले पनि धेरैको सम्बन्ध टुटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण