ग्याङवारको शिकार : स्वेडेनमा ग्रिनेड हमलामा बालकको मृत्यु
मङ्गलबार, ०७ भदौ २०७३, १० : ३०
स्वेडेन – स्वेडेनको गोथनवर्ग सहरमा रहेको एक घरमा ग्रिनेड प्रहार हुँदा एक आठ वर्षीय बालकको मृत्यु भएको छ । बेलायतको बर्मिङहमका युसुफ वारसेमको ग्रिनेड हमलामा निधन भएको हो । उनी स्वीडेनमा आफ्नो नातेदारको घरमा पुगेका थिए । प्रहरीले उक्त घटना अन्डरवल्र्डबीचको दुस्मनीको कारणले भएको आशंका गरेको छ । गत वर्ष त्यसक्षेत्रमा भएको गोलीबारीमा संलग्न एक व्यक्ति त्यही क्षेत्रमा बसोबास गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले यस विषयमा छानविन गरिरहेको बताएको छ । ग्रिनेड हमला हुँदा घरम ५ बालबालिका र कयौं वयस्कहरु बसिरहेका थिए । ग्रिनेड हमलामा घाइते भएका वारसेमलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको विविसीले जनाएको छ । सन् २०१५ को मार्चमा सोमाली समुदाय बस्ने स्थानमा दुई समूहबीच भिषण गोलीबारी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण