नवनियुक्त स्वास्थ्यमन्त्री थापा भन्छन्, 'नकारात्मक कुरा चिर्न स्वास्थ्य मन्त्रालय रोजेर आएको हुँ'
काठमाडौं । कृष्णप्रसाद सिटौला समूहबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका गगन थापाले शुक्रबार शपथ ग्रहण गरेलगत्तै आफ्नो कार्यभार सम्हालेका छन् । स्वास्थ्यमन्त्री बनेको पहिले दिन नै उनले यो पुस्ताले सम्झने गरी काम गर्ने प्रण गरेका छन् ।
मन्त्री थापा भन्छन्, ‘म अहिलेका युवा पुस्ताको लागि प्रेरणा बन्न चाहन्छु । म यो पुस्ताले सम्झने गरी काम गर्छु ।’
उनलाई स्वागत गर्नका लागि मन्त्रालय बाहिर निकै ठूलो भीड थियो । उनलाई बधाई दिनेमा मन्त्रालयभन्दा बाहिरका शुभचिन्तक पनि उपस्थित थिए ।
गगन थापाले पद्भारका क्रममा व्यक्त गरेका मुख्य बुँदा
–आफू एउटा पुस्ताको प्रतिनिधि भएको कारणले गर्दा कुनै नकारात्मक कुरामा सम्झौता गर्दिन । नकारात्मक कुरा चिर्नका लागि नै स्वास्थ्य मन्त्रालय रोजेर आएको हुँ ।
– जनताको विश्वास पाएर पनि काम गर्न नसकेकाले लामो सयमदेखि राजनीतिक दलप्रति निराशा रहेको छ । दलप्रतिको नकारात्मक धारणा चिर्न आफू मन्त्रीको रुपमा आएको हुँ । मेरो कार्यकालमा केही सुधार भयो भने मात्र म आफूलाई सफल ठान्नेछु ।
– धेरैले नयाँ र सुधारका कुरा देख्न पाउने आशा र सुभेच्छा व्यक्त गर्नुभएको छ । म मन्त्रालयमा रहँदा त्यो देख्न पाउनुहुनेछ ।
– निजामति कर्मचारी प्रति जनताको भरोसा टुटेको छ । त्यसलाई सुधार गर्छु । क्षमता नभएको होइन, कहीँ केही छुटेको छ । यसलाई मिलेर समाधान गर्नुपर्छ । बृद्धि विकासको समस्या हो भने त्यो पनि हल गर्छु ।
– म ब्याटलमा आएको हुँ । स्पिड र स्पिरिटमा काम गर्नुपर्छ ।
– राजनीतिक रंग र आग्रहको कुरा हुँदैन । साथीको रुपमा मिलेर काम गरौं तर नराम्रो कुरालाई साथ दिन्न । नराम्रो काम गर्नु टोलरेट पनि हुन्न ।
– समस्या र समाधान यहीँ छ । सबै निकायसँग छलफल गरेर समाधान गर्छु ।
– स्मृतिको खुत्रेकेमा मसँग काम गरेको राम्रो सम्झना छाडेर जान चाहन्छु । म स्वास्थमन्त्री भएर बाहिर जाँदा जनताको अझ बढी माया पाउने आशा गरेको छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण