किम जोंगद्वारा मिसाइल लञ्च गरेको उपलक्ष्यमा ‘डान्स पार्टी’ को आयोजना
शनिबार, ११ भदौ २०७३, १० : ४०
आफ्नो पछिल्लो ब्यालिष्टिक मिसाइलको सफलतापूर्वक प्रक्षेपण गरेको खुसीयालीमा उत्तर कोरियाका तानाशाह किम जोंग उनले प्योङ्याङमा सामूहिक नृत्य र श्रृङ्खलाबद्ध कन्सर्टको आयोजना गरेका छन् ।
राज्यले चलाएको टेलिभिजनले उक्त मिसाइल लञ्च गरेको प्रसारण गरेको थियो भने पत्रपत्रिकाले पनि यसको समाचार निकै प्राथमिकताका साथ प्रस्तुत गरेका थिए । यो उत्तर कोरियाको सैन्य प्रविधिमा ठूलो उपलब्धिको रुपमा लिइएको छ ।
यसकै खुसियालीमा परम्परागत समूह नृत्य देशभरि आयोजना गरिएको छ । किम क्ष्क्ष् संग स्क्वारमा भने सबैभन्दा ठूलो ‘डान्स पार्टी’ को आयोजना भएको थियो ।
उत्तर कोरियामा देशको कुनै उपलब्धि र नेताको जन्मदिनमा ‘डान्स पार्टी’ को आयोजना हुनु सामान्य हो ।
गत जनवरीमा हाइड्रोजन बमको सफल परिक्षणपछि वयस्क महिलाहरु गाउन लगाएर नाचिरहेको फुटेज देखिएको थियो ।
‘यो सैन्य अभ्यास होइन, यो देशलाई बचाउने युद्धको तयारी हो,’ प्योङ्याङमा बस्ने ४४ वर्षीय किम क्योंग–इकले बताए ।
‘हाम्रो देश दिनानुदिन समृद्ध हुँदैछ जुन अरु देशलाई मन परेको छैन । त्यसकारण ठूला भनिएका देशहरुले हाम्रो कदमलाई पछि पार्नका लागि तयारी गरिरहेको छ, ’ उनले भने ।
उत्तर कोरियाले सियोल र वासिङ्टनले यदि आक्रमणको सानो संकेतमात्र गरेपनि यी दुई देशलाई खरानीको थुप्रोमा परिणत गरिदिने चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण