अपनाउनुस् यी तरिका, नियन्त्रणमा हुनेछ तपाईंको थाइराइड
थाइराइड हाम्रो शरिरमा पाइने एन्डोक्राइन ग्रन्थी मध्येको एक हो । गलामा पाइने यो ग्रन्थीले थाइरोक्सिन हर्मोन बनाउने गर्दछ जसले थुप्रै प्रकारको शारिरिक क्रियामा असर पार्दछ । यो ग्रन्थीले राम्रोसँग काम नगरेको खण्डमा शरिरको क्रिया राम्रोसँग हुन पाउँदैन जसका कारण शरिरले पर्याप्त ऊर्जा खर्च गर्न पाउँदैन र तौल बढ्ने गर्दछ । तौल बढ्ने स्थितीलाई हाइपोथाइराडिज्म र तौल घट्ने स्थितीलाई हाइपरथाइरोडिज्म भनिन्छ ।
यो रोगलाई पूर्ण रुपमा निर्मुल पार्न सकिन्न तर यसलाई नियन्त्रणमा भने ल्याउन सकिन्छ । यसका लागि थुप्रै खानाले हामीलाई सहयोग गर्दछ । डा. ऋतिका सामदारले यस्तै १० खानेकुराबारे जानकारी दिँदै छिन् ।
मेथीः
यसमा पाइने एन्टिअक्सिडेन्टले थायरोकिसन हर्मोनलाई नियन्त्रणमा राख्न मद्दत गर्दछ ।
च्याऊः
यसमा सेलेनियमको मात्रा अत्यधिक हुन्छ जसले थाइराइडलाई नियन्त्रण गर्ने गर्दछ ।
अण्डाः
यसमा सेलेनियम हुन्छ जसले थाइराइडको असर कम गर्न प्रभावकारी भूमिका खेलेको हुन्छ ।
दहीः
यो खाँदा शरिरको प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ र थाइरोइड नियन्त्रणमा रहन्छ ।
चीजः
यसमा क्याल्सियमाको मात्रा अत्यधिक हुन्छ जसले थाइरोइडबाट बच्न सहयोग पुर्याउँछ ।
दूधः
दूधमा क्याल्सियमको मात्रा अत्यधिक हुन्छ जसले थाइरक्सिन हर्मोनलाई नियन्त्रणमा राख्न मद्दत गर्दछ ।
माछाः
यसमा ओमेगा थ्री फ्याटी एसिड हुन्छ जसले थाइरोइड ग्रन्थीलाई नियन्त्रणमा राख्न सहयोग गराउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
-
काठमाडौँको मुलपानीमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते
-
गणेश नेपालीको अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङ वीर अस्पतालमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण