‘भर्जिन’ पार्टनर चाहँदैनन् आजकालका युवायुवतीः अनुसन्धान
एक नयाँ शोधका अनुसार आजकालका युवायुवती ‘भर्जिन’ पार्टनरसँग सम्बन्ध स्थापित गर्न चाहँदैनन् । नटिंगम, ब्रिस्टल र स्वानजी युनिभर्सिटीका अनुसन्धाकर्ताले यस्तो बताएका छन् । उनीहरुका अनुसार आजकालका एक्ला युवा यस्तो पार्टनरको खोजीमा हुन्छन् जो अनुभवी हुन्छन् ।
यो अनुसन्धान जर्नल अफ सेक्स रिसर्चमा सार्वजनिक गरिएको छ जस अनुसार महिला वा पुरुष दुबै ‘भर्जिन’ सँग सम्बन्ध सुरु गर्न डराउँछन् । यद्यपी, उनीहरु त्यस्ता मानिसहरुसँग पनि सम्बन्ध बनाउन डराउँछ जसको ‘एक्स’ को सूची तीनजनाभन्दा बढि छ ।
अनुसन्धानका अनुसार यदि कसैको तीभन्दा बढि सेक्स पार्टनर छन् भने अर्को व्यक्तिको रुची कम हुने गर्दछ । यस्ता व्यक्तिबाट यौनजन्य रोग सर्ने र धोका दिने सम्भावना आशंका हुने भएकाले अर्का व्यक्ति सम्बन्धमा रहन डराउने अनुसन्धानले पत्ता लगाएको छ ।
सोधका अनुसार ६ भन्दा बढि यौन पार्टनर भएका पुरुषसँग महिलाले सम्बन्ध नै अघि बढाउन चाहँदैनन् भने महिलाहरुको यदि ११ जनाभन्दा बढि पुरुषसँग सम्बन्ध छ भने उनीहरु ती महिलाबाट टाढा रहन्छन् । करिब १८८ मानिसमाथि यो अनुसन्धान गरिएको हो जसमध्ये १०४ महिला समावेश थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
-
काठमाडौँको मुलपानीमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते
-
गणेश नेपालीको अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङ वीर अस्पतालमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण