अनुहार गोरो बनाउने उत्कृष्ट उपाय, थाहा पाऔं प्रयोग गर्ने तरिका
बेसारमा एन्टी ब्याक्टेरियल र एन्टिबायोटिक गुण हुन्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले छालालाई चाउरी पर्नबाट मद्दत गर्दछ । ब्युटी एक्सपर्ट शीला एन किशोरका अनुसार बेसारले छालालाई गोरो बनाउन निकै सहयोग गर्दछ । छालामा लगाउनका लागि बजारमा पाइने बेसारभन्दा घरको बेसार प्रयोग गर्दा राम्रो हुन्छ ।
यसरी बनाउनुहोस् पेष्टः
बेसारमा बेसन, कागतीको रस र दही मिसाएर अनुहारमा लगाउनुहोस् । यसले गोरी बनाउँछ ।
बेसारमा मह र ओलिभ ओइल मिसाएर छालामा लगाउनुहोस् । यसले छाला खस्रो हुनबाट जोगाउँछ र अनुहार चम्किलो बनाउँछ ।
जैतुनको तेलमा एक चुट्की बेसारको पाउडर मिसाएर अनुहारमा हल्का मालिश गर्नुहोस् । यसले चाउरीपनाबाट जोगाउँछ ।
आलुको रसमा बेसारको पाउडर मिसाएर आँखाको मुनी ‘डार्क सर्कल’ मा लगाउनुहोस् । यो सुकेपछि धुनुहोस् । यसले डार्क सर्कललाई हटाउन सहयोग गर्दछ ।
दुधको तरमा बेसारको पाउडर मिसाएर अनुहारमा लगाउनुहोस् । १५ मिनेट पछि धुनुहोस् । यसले अनुहारको चमक बढाउँछ ।
बेसनमा दही र बेसार मिसाएर हाथ–खुट्टामा लगाउँदा छाला गोरो हुन्छ ।
महमा गुलाब जल र बेसार मिसाएर गर्धनमा लगाउनुहोस् । यो सुकेपछि धुनुहोस् । यसो गर्दा छाला गोरो हुन्छ ।
गोलभेडाको रसमा गुलाब जल र बेसारको पाउडर मिसाएर लगाउँदा घामले डढेको हट्छ । यसले छालामा ग्लो बढाउनका लागि सहयोग गर्दछ ।
बेसारमा चन्दन पाउडर र दही मिसाएर लगाउँदा अनुहारको दाग धब्बा हट्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण