शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

जाडोको मौसममा बच्चालाई स्वस्थ राख्न यस्ता कुरामा ध्यान दिनुस्

बिहीबार, १४ पुस २०७३, १२ : ५५
बिहीबार, १४ पुस २०७३
चिसोमा बच्चालाई कसरी जोगाउने ? बालरोग विशेषज्ञ डाक्टर प्रभा क्षेत्री यसो भन्छिन् : जाडोको समय विशेष गरेर बच्चा र वृद्धका लागि प्रतिकुल समय हो । सानो असावधानीका कारण ठूलै समस्या सिर्जना हुन सक्छ । त्यस कारण बच्चाहरुको स्वास्थ्यमा अभिभावकले विशेष ध्यान दिनुपर्छ । आमाको दूध खुवाउने  बच्चा जन्मिने वित्तिकै आमाको विगौते दूध खुवाउनुपर्छ । यस्तो दूधले बच्चालाई सधैँ स्वस्थ राख्न सहयोग गर्छ । नियमित स्तानपान गराउनु बच्चा र आमा दुवैको लागि हरेक दृष्टिले राम्रो हुन्छ । सम्भव भएसम्म बच्चालाई दुई वर्षसम्म आमाको दूध खुवाउनुपर्छ । बच्चालाई सधैँ न्यायो राख्ने  बच्चाहरुमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले थेरै चिसो भयो भने पनि रोगले चाँडै सङ्क्रमण गर्छ, त्यसैले गर्दा न्यानोमा राख्ने । सरसफाइमा ध्यान दिने  चिसो लाग्छ भन्दै कतिपय अभिभावकले महिनौँ दिनसम्म बच्चालाई ननुहाइदिने गर्छन् । यसो गर्नु धेरै नराम्रो हो । किनभने जाडोको समयमा अझ सरसफाइमा ध्यान दिनुपर्छ । कम्तीमा हप्ताको १ पटक मनतातो पानीले नुहाइदिनु पर्छ । बढी कपडा नलगाइदिने  न्यानो राख्न भन्दै धेरै कपडा लगाउने गरिन्छ । त्यसले बच्चाहरुमा पसिना आई त्यही सुक्ने हुँदा निमोनियासम्मको खतरा बढाउँछ । मौसम अनुसारका फलफूल खुवाउने  चिसो लाग्छ भनेर कत्तिपयले सुन्तला, बदामलगायतका फलफूल नखुवाउने गर्छन् । त्यसो गर्नु राम्रो होइन । नियमित फलफूल खुवाउँदा शरीरलाई चाहिने आवश्यक पोषण तत्व पूरा भई बच्चा स्वस्थ रहन्छ । बिहानको घाममा राख्ने  कतिपय मानिसमा अझै के भ्रम छ भने बच्चाबेलामा घाममा राख्यो भने छाला कालो हुन्छ र यस्तो कालो सधैँका लागि रहिरहन्छ । त्यसो होइन्, बच्चाहरुलाई दैनिक बिहानको घाममा १५, २० मिनेट कपडा खोली मस्चराइज्ड गर्दा भिटामिन डी प्राप्त हुन्छ र बच्चा स्वस्थ हुन्छ । सन्तुलित आहारमा ध्यान दिने  एकै चोटि एकै प्रकृतिको खानेकुरा बढी खुवाउनु हुँदैन । हरियो सागपात, फलफूल, गेडागुडी, माछा, मासु मिलाएर खुवाउने गनुपर्छ । यस्तो मौसममा मनतातो, झोलिलो कुराहरु बढी खुवाउनु राम्रो हुन्छ । सधैँ सफा र स्वस्थ खानेकुरा खुवाउनुपर्छ । आमालगायत परिवारका सबै सदस्य सफा सुग्गर हुनुपर्छ । यसले गर्दा रोग लाग्ने अवस्था कम हुन्छ । रुघाखोकी लगायतका कुनै समस्या आइहाले तत्काल अस्पताल लानुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप