ट्वाइलेटमा मोबाइल फोन प्रयोग गर्नुहुन्छ, अवश्य पढ्नुहोस् यो खबर
आजको समयमा मोबाइल फोन हरेक व्यक्तिको जीवनको जरुरी हिस्सा बनेको छ । मानिस नखाइकन दुई दिनसम्म बाँच्न सक्ला तर मोबाइलबिना उसको गुजारा सम्भव छैन । थुप्रै मानिसको ट्वाइलेटमा पनि मोबाइल फोन प्रयोग गर्ने बानी हुन्छ । यदि तपाईं पनि यीमध्ये पर्नुहुन्छ भन तपाईंको लागि यहाँ नराम्रो खबर छ ।
धेरै मानिस ट्वाइलेटमा गेम खेल्न रुचाउँछन् भने कोही साथीहरुसँग च्याट गर्न । तर के तपाईंलाई थाहा छ, तपार्ईंको यो बानीका कारण स्वास्थ्यमा नकारात्मक असर पर्ने गर्दछ । बाथरुममा फोन प्रयोग गर्नु थुप्रै गम्भीर रोगलाई निम्तो दिनु सरह हो । रोगाणु विशेषज्ञ ज्यासन टेट्रोले यसबारे आफ्नो धारणा व्यक्त गरेका छन् ।
कुनै पनि सामान जुन तपाईं बाहिर प्रयोग गर्नुहुन्छ त्यसलाई ट्वाइलेटमा लैजानु हुँदैन ।
जतिबेला तपाईं ट्वाइलेट फ्लश गर्नुहुन्छ तब पानीका साथै पिसाब र दिसाका केही कण ६ फिटसम्म उड्ने गर्दछ ।
जतिपटक फ्लश गर्नुहुन्छ, हावामा त्यति पटक यी कणहरु फैलिन्छन् ।
ट्वाइलेटको पेपर होल्डरमा सबैभन्दा बढि किटाणु जम्मा भएका हुन्छन् ।
धेरैजसो मानिसहरु यहि होल्डरमा नै आफ्नो फोन राख्छन् ।
ट्वाइलेटमा फोन लैजाँदा E.coli, salmonella, C. difficile जस्ता ब्याक्टेरिया फोनमा जम्मा हुन्छन् । यसै कारण थुप्रै रोग लाग्ने गर्दछ ।
यदि तपाईं फोनलाई जुनसुकै हालतमा ट्वाइलेटमा प्रयोग गर्न चाहनुहुन्छ भने अल्कोहल बेस्ड वाइप्सले फोनलाई लगातार सफा गर्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
-
काठमाडौँको मुलपानीमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते
-
गणेश नेपालीको अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङ वीर अस्पतालमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण