शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

भोजपुर १९ औँ पूर्ण खोप सुनिश्चितता घोषित

शनिबार, २३ पुस २०७३, १० : ३१
शनिबार, २३ पुस २०७३
भोजपुर - भोजपुर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषित भएको छ । स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले जिल्लालाई नेपालकै १९ औँं र पूर्वाञ्चलको पाँचौँ पूर्ण खोप सुनिश्चितता जिल्लाका रुपमा शुक्रबार घोषणा गरे । सन् २०१७ सम्ममा नेपाललाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने लक्ष्यअनुरुप भोजपुरमा रहेका दुई नगरपालिका र ५४ गाविसका १२ देखि २३ महिनाभित्रका तीन हजार छ सय ९३बालबालिकाले एक वर्षभित्र नै पूर्ण खोप लगाएको हुँदा जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त स्वास्थ्य प्रमुख राजुकुमार श्रेष्ठले बताए । कार्यक्रममा पूर्ण खोप सुनिश्चितता गर्न सहयोग गर्ने पत्रकार र विभिन्न सङ्घसंस्थालाई सम्मान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप