शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

अरुले प्रयोग गरेका यी ६ कुरा कहिले प्रयोग नगर्नुहोस्: बढ्न सक्छ दुर्भाग्य, आर्थिक संकट

बिहीबार, २८ पुस २०७३, १३ : ४४
बिहीबार, २८ पुस २०७३

हरेक मानिसमा आफ्नो ऊर्जा हुन्छ जसले हामी वरिपरि रहने र हामीले प्रयोग गर्ने वस्तुलाई प्रभावित गर्ने गर्दछ । यस्तोमा अरुले प्रयोग गरेका केही वस्तुको प्रयोग गर्नु हाम्रो लागि दुर्भाग्य र आर्थिक संकटको कारण बन्न सक्छ । त्यसकारण अरुले प्रयोग गरेका यी ६ सामानहरु प्रयोग नगर्नुहोस् । यी सबै वस्तु यस्ता हुन् जो हरेक व्यक्ति निरन्तर प्रयोग गर्ने गर्दछन् । ती व्यक्तिको सबै सकारात्मक र नकारात्मक ऊर्जा ती वस्तुमा हुने गर्दछ त्यसकारण जब कसैले यी सबै कुराहरु आफूसँगै राख्छन् उनीहरुको ऊर्जा पनि त्यो वस्तुसँगै उपभोग गर्ने व्यक्तिमा सर्ने गर्दछ ।

पेनः

थुप्रै पटक हामी कुनै कामका लागि अर्काको पेन उधारो लिने गर्दछौं तर काम सिद्धिएपछि त्यसलाई फिर्ता दिन बिर्सन्छौं । यो कुरा हाम्रो लागि आर्थिक संकट र अपमानको कारण बन्न सक्छ । त्यसकारण अरुले प्रयोग गरेको पेन भरसक प्रयोग नगर्नुहोस् ।

रुमालः

अरु कसैले प्रयोग गरेको रुमाल प्रयोग गर्नु ती दुई व्यक्तिबिच लडाईं र झगडाको कारण बन्न सक्छ । साथै, अर्काको रुमाल लिने व्यक्तिले लगातार पैसाको नोक्सानीको सामना गर्नुपर्छ ।

घडीः

हातमा लगाइएको घडी पनि मानिसमा राम्रो नराम्रो ऊर्जा राख्ने गर्दछ । अरुको घडी लगाउँदा पनि व्यक्तिको काममा असफलता र आर्थिक नोक्सानीको सामना गर्नुपर्ने हुन्छ ।

पलङः

कुनै अन्य व्यक्तिको पलङमा सुत्नु पनि वास्तु दोष मानिन्छ । यस्तो भए त्यो पलङमा सधैं सुत्ने व्यक्तिबिच झगडा हुन्छ भने अन्य व्यक्तिको धन प्राप्त गर्न समस्या हुने गर्दछ ।

धनः

कुनै अन्य व्यक्तिको धनमा आँखा लगाउनु र उधारो लिएर फिर्ता नगर्नु पनि मानिसका लागि आर्थिक समस्या र दुर्भाग्यको कारण बन्ने गर्दछ । त्यसकारण कसैबाट लिएको उधारो पैसा फिर्ता गर्नुहोस् ।

कपडाः

अरुको कपडा माग्नु वा प्रयोग गर्नु पनि तपाईंका लागि विभिन्न समस्याको कारण बन्ने गर्दछ । त्यसकारण अरुको लुगा माग्न बन्द गर्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप