पुरुषले अवश्य खानुहोस् अण्डाको पहेंलो भाग, यस्तो छ कारण
धेरैजसो मानिसहरु अण्डाको पहेंलो भागले स्वास्थ्यमा नराम्रो असर पुर्याउने सोच्छन् त्यसकारण सेतो भाग खान रुचाउँछन् । तर अण्डाको पहेंलो भागमा प्रोटिनलगायतका अन्य पौष्टिक तत्व अण्डाको सेतो भागभन्दा धेरै हुने गर्दछ । विशेषगरी वयस्क पुरुषले अण्डाको पहेंलो भाग खान आवश्यक छ, यस्तो छ कारणः
अण्डाको पहेंलो भागमा ओमेगा–थ्री फ्याटी एसिडको मात्रा अत्यधिक हुने गर्दछ । यसले शुक्राणुको संख्या बढाउँछ ।
यसमा ‘कपर’ हुन्छ जसले तालु खुइलिनबाट जोगाउँछ ।
अण्डाको पहेंलो भागमा प्रोटिन हुन्छ यसले मांसपेशी बलियो हुन्छ र एब्स बनाउन फाइदाजनक हुन्छ ।
यसमा भिटामिन ‘डि’ हुन्छ जसले हड्डी बलियो बनाउँछ ।
अण्डाको पहेंलो भागमा कोलिन हुन्छ जसका कारण दिमाग तिखो हुन्छ र स्मरण शक्ति बढ्छ ।
यो खाँदा आँखा तेजिलो हुन्छ ।
अण्डाको पहेंलो भागमा आइरन हुन्छ । यसले रक्तअल्पत्ताबाट जोगाउँछ ।
यसमा ‘गुड’ कोलेस्ट्रोल हुन्छ जसले मुटुको रोगबाट बचाउनका लागि प्रभावकारी भूमिका खेलेको हुन्छ ।
अण्डाको पहेंलो भागमा फस्फरस हुन्छ जसले दाँत बलियो बनाउँछ ।
यसमा भिटामिन ‘के’ हुन्छ जसले क्यान्सरबाट बचाउन सहयोगी भूमिका खेल्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
-
काठमाडौँको मुलपानीमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते
-
गणेश नेपालीको अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङ वीर अस्पतालमा
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण