बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

भर्‍याङलाई आकर्षित यो हो तरिका

मङ्गलबार, १० फागुन २०७३, १२ : ०३
मङ्गलबार, १० फागुन २०७३
निस्ता गिरी,प्रबन्ध निर्देशक, आरसी इन्टेरियर प्रालि एक तलाभन्दा बढी भएमा घरमा भ¥याङको आवश्यकता पर्छ । घरधनीको इच्छाअनुसार भ¥याङ घरबाहिर तथा भित्र पनि राख्ने गरिन्छ । साधारणतया भर्‍याङ भन्नेबित्तिकै केही वर्षअगाडिका पुराना डिजाइनहरू दिमागमा आइहाल्छन् । तर, अहिले भर्‍याङको पनि डिजाइन तथा बनावटमा धेरै भिन्नता आइसकेको छ । आजकल भर्‍याङ धेरैले घरभित्र सिटिङ रुमसँगै जोडेर राख्ने प्रचलन छ । त्यसैले भर्‍याङको सजावट पनि सम्पन्नताको प्रतीक हुन थालेको छ । सोही कारण कोठाअनुसार विभिन्न सामग्री तयार गरी त्यसलाई आकर्षक र बहुउपयोगी तरिकाले बनाउन थालिएको छ । अहिले अधिकांशले भर्‍याङमा मार्बल प्रयोग गर्ने गर्छन् । छिटो तथा सस्तो पनि हुने भएकाले रेलिङमा भने स्टिल प्रयोग गर्छन् । त्योभन्दा केही महँगो बजेट र आकर्षक बनाउन काठको रेलिङ उपयुक्त हुन्छ । धेरै कम व्यक्तिहरूले भने सिसा पनि प्रयोग गर्छन् । यस्तो डिजाइन भने विशेष गरी होटेलहरूमा स्टिलको स्क्वायर पाइपको पोल राखेर सिसाको प्यानलिङ गर्ने प्रचलन छ । यदि चिसो स्थान छ भने फ्लोरमा मार्बलको सट्टा उडन फ्लोर प्रयोग गर्नु राम्रो हुन्छ । यी त भए चलनचल्तीमा भएका भर्‍याङका डेकोरेसनहरू । अब त्यही भर्‍याङ र भर्‍याङले लिने स्थानलाई हामीले बहुउपयोगी तरिकाले प्रयोग गर्न सकिन्छ । —भर्‍याङलाई स्टोरेजका रूपमा प्रयोग गर्न सकिन्छ । त्यसका लागि भर्‍याङमुनिको स्थानलाई हामीले डिजाइन गरेर दराजजस्तो रूप दिन सक्छौँ । त्यसलाई अलिकति आकर्षक बनाउन इन्टर्नल लाइटिङको पनि व्यवस्थापन गर्न सकिन्छ । —भर्‍याङको सो स्थानलाई ओपन सेल्फको आकार दिन सकिन्छ । त्यसलाई लाइबे्ररीको रूप दिएर पुस्तक व्यवस्थापन गर्न सकिन्छ । त्यस्तै आकर्षक सोपिस तथा फ्लावरहरू सजाएर राख्दा कोठा पनि आकर्षक हुन्छ । —भर्‍याङमुनिको स्थानलाई डिजाइनिङ गरेर अक्वारियमको रूप पनि दिन सकिन्छ । स्थानअनुसार छुट्टै आफैँले अक्वारियम डिजाइन गरेर माछा पाल्दा कोठा आकर्षक तथा प्राकृतिक पनि हुन्छ । यस्तो गर्दा कुनै पनि स्थान खाली नहुने कारण कोठाको रौनकता थप हुन्छ । —भर्‍याङमुनिको स्थानलाई टेलिभिजन सोकेसका रूपमा पनि डिजाइन गर्न सकिन्छ । —भर्‍याङमुनिको भाग अधिकांशले बाथरुमका रूपमा प्रयोग गर्ने गर्छन् । यसलाई पनि आकर्षक बनाउन कलरफुल टायलहरू प्रयोग गर्न सकिन्छ । त्यस्तो बाथरुममा भने छरितो डिजाइनका सेनेटरीहरू प्रयोग गर्नु राम्रो हुन्छ । —भर्‍याङमुनिको खाली भागलाई बारका रूपमा पनि विकास गर्न सकिन्छ । सिसाको आकर्षक ¥याक बनाएर विभिन्न ब्रान्डका अल्कोहल सजाउँदा कोठाको आकर्षण नै फरक हुन्छ । —भर्‍याङमुनिको सो स्थानमा बच्चाहरूका लागि खेल्ने उपयुक्त स्थान पनि बनाउन सकिन्छ । सो स्थानमा बच्चाहरूका लागि छुट्टै सानो घरजस्तो बनाउँदा हुन्छ । त्यहाँ उनीहरूले दिउँसो सुत्न मिल्ने गरी सानो आकर्षक बेड राख्दा पनि कोठा राम्रो हुन्छ । —भर्‍याङका स्टेपहरू बनाउँदा सुरुमै ध्यान दिएर स्लाइडिङ ¥याक बनाउन सकिन्छ । जहाँ जुत्ता, मोजालगायतका सामग्रीहरू स्टोरेज गर्न सजिलो हुन्छ । —भर्‍याङको भित्तालाई पनि विभिन्न उडन प्यानलिङ र लाइटिङको माध्यमबाट आकर्षक बनाउन सकिन्छ । सो स्थानमा फोटो ग्यालरी पनि बनाउन सकिन्छ । ग्यालरीमा पारिवारिक तस्बिरहरू मिलाएर राख्दा कोठाको आकर्षण नै बेग्लै हुन्छ । —भर्‍याङको माथिको साइडका भित्ताहरूमा सेल्फ राखेर विभिन्न डकोरेटेड सामग्री, सोपिस, भास तथा लाइब्रेरीका रूपमा बनाउन सकिन्छ । तर, यस्तो सेल्फ ६ इन्चभन्दा बढी बाहिर निस्किएको हुनुहुँदैन । लामो सेल्फ हुँदा भर्‍याङमा हिँड्ने क्रममा ठोक्किने डर हुन्छ । —भर्‍याङका प्रत्येक स्टेपहरू पनि लाइटिङले आकर्षक बनाउन सकिन्छ । —भर्‍याङको वालमा उडन प्यानलिङको सहयोगले लिकेज डिजाइन गरेर लाइटिङको माध्यमले आकर्षक डिजाइन निकाल्न सकिन्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप