तेस्रो पक्ष बिमा कसरी गर्ने ?
बिहीबार, १२ फागुन २०७३, १४ : २०
आनन्दबाबु खड्का,कम्पनी सेक्रेटरी, प्रुडेन्सियल इन्स्योरेन्स
नेपालमा सवारीसाधनधनीहरू हरेक वर्ष बढिरहेका छन् । योसँगै सवारी दुर्घटनामा पनि वृद्धि भइरहेको छ । सवारी दुर्घटना हुँदा चालक, यात्रु तथा अन्य भौतिक क्षति हुने गर्छ । जसले गर्दा सवारीचालक तथा सवारीधनीले आर्थिक भार बेहोर्नुपर्ने हुन्छ । सवारीधनीलाई आकस्मिक रूपमा आइपर्ने यस्तो समस्याको आर्थिक सुरक्षण बिमा कम्पनीहरूले गर्ने गर्छन् । आकस्मिक रूपमा आइपर्ने यस्ता समस्यामा बिमा गर्दा धेरै नै राहत प्राप्त गर्न सकिन्छ । त्यसो त नेपालमा हरेक सवारीसाधनमा तेस्रो पक्ष बिमा अनिवार्य गरिएको छ । यस्तो बिमा गर्दा यदि मोटरसाइकलचालकले पैदलयात्रीलाई ठक्कर दिएर मृत्यु भएमा पाँच लाख क्षतिपूर्ति दिन्छ भने घाइते भएमा तीन लाखसम्मको उपचार खर्च बेहोर्छ । त्यस्तै, उपचार गर्दागर्दै मृत्यु भएमा थप ५ लाख पनि बिमा कम्पनीले क्षतिपूर्तिस्वरूप दिने गर्छ । अन्य निजी सवारीसाधनहरूमा भने चालक, यात्रु र तेस्रो पक्षको पाँच लाख रुपैयाँ दायित्व बेहोर्ने व्यवस्था गरिएको छ ।
तेस्रो पक्ष बिमाका फाइदा
—तेस्रो पक्ष बिमा गराउँदा दुर्घटना भएमा आर्थिक दायित्व कम्पनीले बहन गर्छ । जसले गर्दा सवारीधनी वा चालकले आर्थिक भार बेहोर्नुपर्दैन । —दुर्घटना भएर घाइते भएका व्यक्तिको तीन लाख रुपैयाँसम्मको उचार खर्च बिमा कम्पनीले बेहोर्छ । यस्तो उपचार खर्च क्षतिपूर्तिको सिद्धान्तअनुसार कम्पनीले बहन गर्छ ।बिमा गर्दा ध्यान दिनुपर्ने कुरा
—सबैभन्दा पहिला बिमा गरेपछि प्रिमियम तिर्नुपर्ने हुन्छ । यस्तो प्रिमियम हरेक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ । नवीकरण गर्न भुल्नु भएन । —बिमाको प्रिमियम तिरेर मात्र हुँदैन, सवारीसाधनको बिलबुक, लाइसेन्स पनि नवीकरण गरेको हुनुपर्छ । अन्यथा, कम्पनीले आर्थिक भार बहन गर्दैन । —लाइसेन्स नभएका व्यक्तिले सवारी चलाएर, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना भएमा पनि बिमा कम्पनीले त्यसको क्षतिपूर्ति बेहोर्दैन । —बिमा गर्नुभन्दा अगाडि कम्पनीले उपलब्ध गराएको करारनामामा उल्लेखित सम्पूर्ण बुँदा अध्ययन गर्नुपर्छ । कुनै विषयमा आफूलाई जिज्ञासा लागेमा कम्पनीसँग आवश्यक जानकारी लिनुपर्छ । —तेस्रो पक्षअन्तर्गत चालक र सवारीसाधनमा बसेका यात्रुबाहेकको सम्पूर्ण भौतिक तथा मानवीय क्षतिको आर्थिक क्षतिपूर्ति कम्पनीले बेहोर्छ । —चालक र सवारीसाधनको पनि बिमा गर्न चाहनेले व्यापक बिमा गर्नुपर्छ । यस्तो बिमा अनिवार्य गरिएको भने छैन । त्यसैले कम व्यक्तिले मात्रै गर्छन् । सामान्यतया लोनमार्फत सवारी खरिद गर्नेहरूले यस्तो बिमा गर्ने गर्छन् । व्यापक बिमा गर्दा सवारीसाधन चोरी, टुटफुटलगायतका समस्यामा आर्थिक सुरक्षण दिन्छ । —तेस्रो पक्ष वा अन्य कुनै पनि बिमा गर्दा बिमा समितिले निर्धारण गरेको मूल्यमा घटाउन नपाउने तर बढाउन भने पाइने नियम छ । कम्पनीको नियमअनुसार यस्तो केही बढी पनि हुन सक्छ । त्यसैले बिमा कम्पनी बुझेर बिमा गराउँदा फाइदा हुन्छ । नयाँ पत्रिकाबाटखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
-
काठमाडौँको मुलपानीमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते
-
गणेश नेपालीको अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङ वीर अस्पतालमा
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण