यस्तो पनि ! एकैदिनमा २७ पटक हर्टअट्याक
सोमबार, १६ फागुन २०७३, ११ : १२
कैयौँपटक यस्ता केही चमत्कार हुन्छन्, जसलाई झट्ट पत्याउनै सकिँदैन । कहिलेकाहीँ त त्यो कुरा हो या होइन भनेर प्रमाणित गर्न नै प्रविधिको सहारा पनि लिनुपर्ने हुन्छ ।
यस्तै एउटा घटना बेलायतमा देखिएको छ, जसलाई कसैले पनि झट्ट पत्याउन सक्दैन । र, यो हृदयाघातसम्बन्धी भएकाले पनि सुन्दैमा अचम्म लाग्न सक्छ । यो घटना सन् २०१६ को डिसेम्बरमा भएको हो ।
बेलायतका वुडहाललाई २४ घन्टामा २७ पटक हृदयाघात भयो । यसलाई अत्यन्त गम्भीर रोगसँग तुलना गरिन्छ । तैपनि, चिकित्सकले उनलाई बचाउन सफल भए ।
वुरस्टेरसायरमा बस्ने ५४ वर्षका वुडहाल ‘वाकिङ फुटबल’ खेलिरहेका थिए । बेलायतमा यो खेल ५० वर्ष उमेर कटेकाबीच अत्यन्त लोकप्रिय छ । वुडहाल खेलिरहेका थिए । अचानक उनको मुटुमा समस्या देखियो र उनी मैदानमै लडे । उनलाई तत्कालै साथीहरूले वुरेस्टरसायरस्थित रोयल अस्पताल लगे । त्यहाँ चिकित्सकले उनको मुटुमा दुईवटा स्टेन्ट लगाए ।
तर, खास समस्या त त्यतिवेला भयो, जब वुडहाललाई एकपछि अर्को गर्दै २७ पटक हर्टअट्याक भयो । तर, उनको निधन भएन । बिबिसीको फाइभ लाइभ कार्यक्रममा वुडहालले भनेका छन्, ‘मलाई त त्यतिवेला गहिरो निद्रामा सुतेकोजस्तो लागेको थियो । जब मलाई होस आयो, मैले अस्पतालकी स्टाफ नर्ससँग आफू सुतेकोमा माफी मागेँ । उनले भनिन्– तपाईं सुत्नुभएको थिएन, खासमा तपाईंको मृत्यु भइसकेको थियो, तर हामीले फेरि बचायौँ ।’
आफूलाई बचाइएकोबारे वुडहालले भनेका छन्, ‘एक नर्सले मसँग माफी पनि मागेकी थिइन्– मैले तपाईंको छातीमा धेरै दबाएँ, माफ गर्नुहोला । मलाई हेर्न अत्यन्त धेरै चिकित्सकहरू थिए ।’
त्यसो त वुडहालको स्थिति बिग्रिएको देखेर अस्पतालले ६ विशेषज्ञको टिमलाई उनको हेरचाहका लागि तैनाथ गरेको थियो । यो कारणले पनि उनलाई बचाउन सकिएको बताइन्छ । तर, वुडहाल अझै पनि पूर्ण रूपमा ठीक भइसकेका छैनन्, उनलाई पहिलेकै अवस्थामा फर्किन ६ महिना लाग्नेछ । नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
-
काठमाडौँको मुलपानीमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते
-
गणेश नेपालीको अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङ वीर अस्पतालमा
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण