निकै छिटो तौल घटाउने यो हो जापानी तरिका, तपाईं पनि गर्न सक्नुहुन्छ अनुशरण
हामी ऊर्जा पाउन केरा खान्छौं । तर जापानीहरु भने आफ्नो तौल घटाउनका लागि आफ्नो दिनको सुरुवात केरा र मनतातो पानीले गर्दछन् । विज्ञका अनुसार यसले तौल तीब्र रुपमा कम हुने र यो वैज्ञानिक रुपमा नै पुष्टि भइसकेको बताइएको छ । तर यसले तौल मात्र घट्ने नभई यसका अन्य फाइदा पनि छन् ।
यसकारण निकै छिटो घट्छ तौलः
विज्ञका अनुसार मनतातो पानी पिउँदा शरिरको मेटाबोलिजम बढ्छ । मेटाबोलिजम बढ्नुको अर्थ बोसो घटाउने शक्ति बढ्नु जसले तौल घटाउन सहयोग गर्दछ ।
– केरा खाँदा शरिरले पूर्ण रुपमा ऊर्जा पाउँदा र पेट भरिएको महसुस हुन्छ । यो हुँदा शरिरले केही खाने इच्छा कम हुन्छ । जब कसैले कम खान्छ तब तौल नियन्त्रणमा त हुने नै भयो ।
– मनतातो पानी र केरा खाँदा पाचन क्रिया पनि सुधार आउँछ । यसले तौल घटाउनमा सहयोग गर्दछ ।
कसरी अनुसरण गर्ने यो तरिकाः
बिहान उठ्ने बित्तिकै एक ग्लास मनतातो पानी पिउने । त्यसको आधा घण्टा पछि दुईवटा केरा खाने । यो डाइटलाई जापानमा असा डाइटको नामले चिनिन्छ । यो तरिका हितोशी र सुमिको नामका दुई जापानीले प्रतिपादन गरेका थिए । अहिले तौल कम गर्न जापानमा यसलाई सबैभन्दा चर्चित तरिका बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
-
काठमाडौँको मुलपानीमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते
-
गणेश नेपालीको अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङ वीर अस्पतालमा
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण