बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धेरै फोहोर हुने घरका कुन-कुन स्थान ?, जान्नुहोस्

बुधबार, ०२ चैत २०७३, १० : ४६
बुधबार, ०२ चैत २०७३
घरका सम्पूर्ण भाग सफा, स्वस्थ तथा चम्किलो बनाउने चाहना सबैको हुन्छ । सोहीअनुसार कुनाकुना पनि चम्किलो बनाउन निकै मिहिनेत गरिन्छ । तर, सबैभन्दा फोहोर हुने स्थानको सफाइमा भने ध्यान नदिएको पनि हुन सक्छ । सबैभन्दा बढी हानिकारक कीटाणु हुने स्थान थाहा नभएर पनि सफाइमा बेवास्ता भएको हुन सक्छ । त्यसैले सफाइ गर्नुअघि सबैभन्दा बढी फोहोर तथा हानिकारक ब्याक्टेरिया जम्मा हुने स्थानको बारेमा जानकारी राख्नु आवश्यक छः  

लाइट स्विच

घर तथा कोठाको सफाइ गर्दा लाइट स्विच अन्तिमपटक कहिले सफा गर्नुभयो ? पक्कै पनि याद गर्न गाह्रो भएको होला । यस्तो स्थानको सफाइमा प्रायः हामी बेवास्ता गरिरहेका हुन्छौँ । तर, सबैभन्दा बढी हानिकारक जीवाणु रहने स्थानमध्ये लाइट स्विच पनि एक हो । जसले परिवारका सदस्यलाई रुघाखोकीजस्तो रोग फैलाउन सक्छ । त्यसैले यस्तो स्विचको सफाइ हरेक दिन गर्नु आवश्यक हुन्छ ।  

किचेनको कपडा

किचेनको भाँडा तथा अन्य सामग्री सरसफाइ गर्न प्रयोग हुने कपडा तथा स्पन्जमा पनि अत्यधिक फोहोर तथा ब्याक्टेरिया रहने गर्छ । त्यसैले यसको नियमित सफाइ अत्यावश्यक हुन्छ । यस्ता कपडालाई पूर्णतः स्वच्छ तथा सफा राख्न किटाणुनाशक केमिकलमा रातभर राख्नुपर्छ । यसो गर्दा कपडा पूर्णतः सफा र स्वच्छ हुन्छ ।  

धाराको टुटी

दिनभर तथा हरेक समय पानी बगिरहने कारण धाराको टुटी सफा नै हुन्छ भन्ने मान्यता रहन्छ । तर, यो गलत हो । यसलाई पनि ब्याक्टेरिया फ्री बनाउनुपर्छ । समय–समयमा बाथरुम तथा अन्य स्थानमा रहेका धाराको टुटी पनि सफाइ गर्नुपर्छ ।  

किचेन सिन्क

कतिपय अध्ययनले यो देखाएको छ कि किचेनको सिन्कमा ट्वाइलेट सिटभन्दा पनि बढी ब्याक्टेरिया हुन्छ । भाँडामा बाँकी रहेको खाना तथा मौसमको कारण किचेन सिन्कमा तीव्र गतिमा ब्याक्टेरिया उत्पन्न हुन थाल्छ । त्यसैले राम्रो गुणस्तरको किटनाशक प्रयोग गरी दिनहुँ सिन्क सफाइ गर्नुपर्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप