तपाईंलाई थाहा छ, नाकमा पसिना आउने कारण
अनुहारमा पसिना आउनु साधारण प्रक्रिया हो । तर, कसैकसैलाई धेरै नै पसिना आउँछ । खासगरी कतिपयलाई नाकमा बढी पसिना आइरहन्छ । यस्ता व्यक्ति पसिनाकै कारण हैरान हुन्छन् । नाकको पसिनाका कारण महिलाले बढी पीडा महसुस गर्छन् । मेकअप गरेर बाहिर निस्कियो, केही बेरमै पसिना आएर मेकअप लतपतिन्छ । नाकमा किन बढी पसिना आउँछ र कसरी छुटकारा मिल्छ ? ब्युटिसियन अनिता निरौला भन्छिन्ः
कारण
नाक तथा अनुहारमा बढी पसिना आउने कारण व्यक्तिअनुसार फरक–फरक हुन सक्छ । व्यक्तिका शरीरमा हुने रोगले पनि यसमा प्रभाव पारेको हुन्छ । खासमा पसिना निस्किने ग्रन्थि बढी सक्रिय भएपछि यो समस्या हुने हो । पसिना धेरै आएपछि छाला चिल्लो हुन्छ र समस्या देखिन्छ । यस्तो छालामा धुलोमैलो टाँसिएर विभिन्न समस्या देखिन्छ । अनुहार राम्रोसँग सफा नगर्नु, तनाव बढी लिनु पसिना बढी आउने कारण हुन् । सुगरका रोगीलाई नाकमा बढी पसिना निस्किन्छ । कुनै खाना या ड्रिंकको एलर्जीका कारण पनि नाकमा पसिना बढी आउने समस्या हुन्छ । कतिपयको भने शरीरअनुसार पनि कुनै अंगमा धेरै पसिना आउने हुन्छ ।
समस्या
चिल्लो र मिश्रित छालामा यो समस्या बढी हुन्छ । गर्मी महिनामा नाकमा पसिना आउने समस्याले धेरै सताउँछ । पसिना धेरै आउने समस्याले नाक रातो हुने, ब्ल्याकहेड्स निम्त्याउने, चिपचिप बढी गराउने र मेकअप नै बिगार्ने गराउँछ ।
समाधान
नाकमा पसिना धेरै आउने समस्या समाधान गर्ने विभिन्न उपाय छन् । रोग या एलर्जीलगायत कारणले समस्या भएको हो भने यसको समाधान खोज्नु पहिलो काम हुनेछ । पसिना बढी आउने मुख्य कारणको निवारण गरेपछि नियमित बाहिरी छालाको केयरमा ध्यान दिनुपर्छ । यस्तो समस्या भएको अनुहारमा जहिल्यै आयल फ्री क्लिन्जिङ प्रयोग गर्नुपर्छ । मोस्चराइजरको प्रयोग गर्नु हुँदैन । नियमित मनतातो पानीले मात्रै मुख धुनु उत्तम हुन्छ । छालाको प्रकृति हेरेर दक्ष ब्युटिसियन÷विज्ञको सुझाबअनुसार नियमित फेसियल गर्नुपर्छ । मेकअप जहिल्यै पाउडर बेसमा गर्नुपर्छ भने आयल फ्री सामग्री प्रयोग गर्नुपर्छ । नाकमा बारम्बार पसिना आइरहने समस्या हुनेले सधैँ टिस्यु पेपर बोकेर हिँड्न भुल्नु हुँदैन । मेकअप गरेको तथा नगरेको दुवै अवस्थामा पसिना आए टिस्युले हल्का टच गरिराख्नुपर्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पष्ट प्राथमिकता बिना संविधान संशोधन अघि बढाएकोमा गगन थापाको आपत्ति
-
सुदूरपश्चिम प्रदेशको बजेटबारे सत्तापक्षकै चर्को विरोध, प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
-
नागरिकले आत्मदाह गरिरहँदा सरकार कहाँ छ? : दुलाल
-
कर्णालीमा पर्यटनतर्फको झन्डै ८० प्रतिशत बजेट मठ–मन्दिर, कुल देउता, देवी र माताका थानमा
-
जेनजी आन्दोलनबारे मानवअधिकार आयोग प्रतिवेदनको १७७ नम्बर बुँदा सच्याउन एमालेको निवेदन (पूर्णपाठ)
-
सेयर बजार निरन्तर घटेकोबारे धितोपत्र बोर्डले के भन्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण