दुवै हात गुमाएकी रुपाले जितिन प्रदर्शनी आइडल
रुपन्देही । करेन्ट लागेर सानैमा दुवै हात गुमाएकी कपिलवस्तुकी रुपा रौतारले बुटवलमा आयोजित प्रदर्शनी आइडलको उपाधि जितेकी छन् । गायनमा प्रदर्शनी आइडल बनेकी रुपाले एक लाख ११ हजार १ सय ११ रुपैयाँको पुरस्कार हात पारिन् ।
आधुनिक गायन प्रतियोगिता प्रदर्शनी आइडलको उपाधि जितेकी रुपा बुटवलको कालिका मानव ज्ञान माविकी विद्यार्थी हुन् । ३४ जना प्रतिस्पर्धीहरूमध्येबाट २४ जना हुँदै भोटिङ राउन्डमा पुगेका १२ जनाबाट गायकी र दर्शक भोटका आधारमा रौतारले उपाधि जितेकी हुन् । रौतार कालिका मानव ज्ञान माविमा कक्षा १२ मा मानविकी सङ्कायमा अध्ययनरत छात्रा हुन् ।
घरमा करेन्ट लागेर रुपाले सानै उमेरमा एउटा हात गुमाएकी छन् । कपिलवस्तु स्थायी घर भएकी रुपा २०६२ सालको भदौमा स्कुलबाट साथीको घरमा गएका बेला घरको माथिल्लो तल्लामा करेन्ट लागेर दुवै हात गुमाउन पुगेकी थिइन् ।
उनलाई बुटवलको बागेश्वरी संगीतालयका सञ्चालक सुरेश सेन्चुरीले निःशुल्क गायन कक्षामा भर्ना गरेर सिकाएका थिए । सोमबार भएको फाइनल प्रतिस्पर्धामा प्रदर्शनी आइडल सिजन ६ को उपाधि जित्दै रुपाले १ लाख ११ हजार १ सय ११ सहित विभिन्न पुरस्कारहरू प्राप्त गरेकी छन् ।
आइडलको उपविजेता अञ्जली विश्वकर्माले प्राप्त गरेकी छन् । उनले ५५ हजार ५ सय ५५ र तेस्रो भएकी एन्जिला क्षेत्री खत्रीले रु। ३३ हजार ३ सय ३३ पुरस्कार प्राप्त गरेको आयोजक संस्था रुपन्देही उद्योग संघका नेत्र रुचालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण