रोनाल्डो २८ अर्बको सम्झौतामा साउदी अरब पुगे
मङ्गलबार, १९ पुस २०७९, ११ : १२
रियाद । विश्वका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो मंगलबार बिहान साउदी अरबको राजधानी रियाद पुगेका छन् । रोनाल्डोले साउदी अरबको फुटबल क्लब अल–नासरसँग १७७ मिलियन पाउण्ड (२८ अर्ब रुपैयाँ) को सम्झौता गरेका छन्, जसअन्तर्गत रोनाल्डो सन् २०२५ सम्म अल–नासरसँग रहनेछन् ।
रोनाल्डोको म्यान्चेस्टर युनाइटेडसँगको सम्झौता सकिएपछि उनको भविष्यका बारेमा धेरै अड्कलबाजी गरिएको थियो । सामाजिक सञ्जालमा यो रोनाल्डोको करियरको सूर्यास्त हो भनेरसमेत लेखिएको थियो ।
तर साउदी अरबको फुटबल क्लबसँगको यस्तो महँगो सम्झौतापछि केही समयका लागि यी अड्कलहरूमाथि विराम लागेको छ । रोनाल्डोसँग आवद्ध भएपछि ९ साउदी प्रो लिग जितेको क्लबले आफ्नो टोलीलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण