आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच उपनिर्वाचनबारे छलफल

मङ्गलबार, १९ पुस २०७९, १९ : ५२
मङ्गलबार, १९ पुस २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच मंगलबार भेटवार्ता भएको छ । भेटमा राष्ट्रिय सभामा रिक्त उपाध्यक्ष पद र रिक्त १ संसद्को चुनावका विषयमा छलफल केन्द्रित भएको प्रचण्डको सचिवालयले जनाएको छ । 

निर्वाचन आयोगले माघ २४ गतेका लागि उपनिर्वाचनको मिति प्रस्ताव गरेको सन्दर्भमा प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता भएको हो । यस्तै उपाध्यक्ष पद पनि लामो समयदेखि रिक्त रहेको छ। उता कोरला नाकामा भन्सारको लागि आवश्यक  पूर्वाधार निर्माणमा बजेट विनियोजन गरी पूर्वाधार निर्माण गर्ने बारेका साथै राष्ट्रिय सभाबाट पारित ५ वटा विधेयकका विषयमा पनि छलफल भएको बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप