रोमाञ्चक खेलमा भारत दुई रनले विजयी
बुधबार, २० पुस २०७९, ०९ : १५
पहिलो टी–२० खेलमा भारतले श्रीलङ्कामाथि २ रनको रोमाञ्चक जीत हासिल गरेको छ । वांखडे स्टेडियममा भएको खेलमा १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलङ्का १ सय ६० रनमा सीमित हुन पुगेको हो ।
शिवम माभीले ४ विकेट लिएपछि श्रीलङ्का जीतको नजिक पुगेर पनि पराजित हुन पुग्यो । श्रीलङ्काका लागि दासुन सानाकाले सर्वाधिक ४५ रन बनाए भने कुशल मेन्डिसले २८ तथा चामिका करुनारत्नेले २३ रनको योगदान दिए । भारतका लागि उमरान मलिक र हर्षल पटेलले २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो । भारतका लागि दीपक हुडाले सर्वाधिक ४१ रन बनाए । अक्षर पटेलले ३१ तथा ओपनर ईशान किशनले ३७ रन बनाए । दोस्रो खेल अब पुनेमा बिहीबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण