टी–२० लिग प्रकरण : राखेपद्वारा ५ सदस्यीय छानबिन कार्यदल गठन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले टी–२० लिग प्रकरणमा छानबिन गर्न ५ सदस्यीय छानबिन समिति बनाएको छ । परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरिएको हो ।
कार्यदलको सदस्यमा परिषद्का सदस्य प्रकाश कुमार कुसारी, वरिष्ठ खेलकुद पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोज कुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन् ।
परिषद्को कार्यकारी समितिको बुधवार बसेको बैठकले समितिलाई सोबारे सत्य तथ्य छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको छ ।
नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा काठमाडौंमा भइरहेको नेपाल टी–२० लिगका सम्बन्धमा विदेशी खेलाडीहरुको श्रम स्वीकृति एवं प्रतियोगिता संचालनको सम्बन्धमा विवाद हुँदै आएको छ । यसबारे परिषद्ले संघसँग आवश्यक प्रमाण कागजात माग गरेपनि बेवास्ता गरिएको जनाइएको छ । म्याच फिक्सिङ जस्तो गम्भीर सवाल समेत ती–२० का क्रममा उठेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको पक्षमा लडिरहेका एक अस्ट्रेलियाली नागरिकलाई १३ वर्षको जेल सजाय
-
ढल्केबरको ढुङ्गो र अन्तरेहरू
-
सैद्धान्तिक रूपमा नेपालका कम्युनिष्टबिच एकता हुनुपर्छ भन्नेमा म प्रष्ट छु : नारायणकाजी श्रेष्ठ
-
योजनाबद्ध विकासमा केन्द्रित छौँ : मुख्यमन्त्री आचार्य
-
रुस-युक्रेन वार्ता : युद्धबन्दी रिहा गर्ने सहमत, युद्धविरामबारे थप छलफल गरिने
-
बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी