टी–२० लिग प्रकरण : राखेपद्वारा ५ सदस्यीय छानबिन कार्यदल गठन
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले टी–२० लिग प्रकरणमा छानबिन गर्न ५ सदस्यीय छानबिन समिति बनाएको छ । परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरिएको हो ।
कार्यदलको सदस्यमा परिषद्का सदस्य प्रकाश कुमार कुसारी, वरिष्ठ खेलकुद पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोज कुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन् ।
परिषद्को कार्यकारी समितिको बुधवार बसेको बैठकले समितिलाई सोबारे सत्य तथ्य छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको छ ।
नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा काठमाडौंमा भइरहेको नेपाल टी–२० लिगका सम्बन्धमा विदेशी खेलाडीहरुको श्रम स्वीकृति एवं प्रतियोगिता संचालनको सम्बन्धमा विवाद हुँदै आएको छ । यसबारे परिषद्ले संघसँग आवश्यक प्रमाण कागजात माग गरेपनि बेवास्ता गरिएको जनाइएको छ । म्याच फिक्सिङ जस्तो गम्भीर सवाल समेत ती–२० का क्रममा उठेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण