बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

विश्व इतिहासमा आज : सौर्य मण्डलको सानो ग्रह पत्ता लागेकोदेखि गोल्डेन गेट निर्माणसम्म

बिहीबार, २१ पुस २०७९, ०६ : ३०
बिहीबार, २१ पुस २०७९

आज ५ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

सौर्य मण्डलको सानो ग्रह
सन् २००५ मा सौर्य मण्डलमा सबैभन्दा सानो ग्रह पत्ता लागेको थियो । पत्ता लगाएको नयाँ ग्रहको नाम इरिस दिइएको छ । अन्तर्राष्ट्रिय खगोल युनियन (आईएयु) का अनुसार इरिसको आकार यसअघि सौर्यमन्डको सबैभन्दा सानो मानिएको प्लुटोको आकार समान छ ।

पाराग्वेको आन्दोलन
सन् १९६८ मा पाराग्वेमा आन्दोलन सुरु भएको थियो । अलेक्जेन्डर दुबसेक देशको नेता बनेपछि पाराग्वेमा आन्दोलन सुरु भएको थियो ।

गोल्डेन गेट निर्माण सुरु
आजकै दिन अर्थात सन् १९३३ को ५ जनवरीमा अमेरिकाको सान फ्रान्सिस्कोमा गोल्डेन गेट पुल बनाउन सुरु भएको थियो । यो पुललाई अमेरिकाकै एउटा प्रसिद्ध प्रतिक मानिन्छ ।

वेटिङ फर गोडोटको पहिलो मन्चन
आयरल्यान्डका प्रख्यात लेखक स्यामुअल बेकेटले लेखको विश्व प्रसिद्ध नाटक वेटिङ फर गोडोटलाई पहिलो पटक सन् १९५३ को ५ फेब्रुवरीमा फ्रान्सको राजधानी पेरिसमा मन्चन गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप