सेभेन थ्री स्पोर्टस्ले बिहीबार १ करोड क्यानलाई पठाएको छ : क्यान अध्यक्ष चन्द
नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सेभेन थ्रीस्पोर्ट्ससँगको सम्झौता पूर्ण रूपमा कार्यान्वयन नभए आगामी सिजनका लागि सहकार्य टुट्ने बताएका छन् । नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता नेपाल क्रिकेट संघसँग अक्षरशः पालन नभए रद्द गर्ने बताएका हुन् ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष चन्दले साझेदार कम्पनी प्रतियोगिताको दौरान पैसा लिनका लागि भारत पुगेको र सम्झौता अनुसार क्यानलाई उपलब्ध गराउने पर्ने रकम उपलब्ध गराउन नसकेको अवस्थामा आगामी सिजनबाट सम्झौता निरन्तर नहुने बताए । सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालिया नेपालमा प्रतियोगिता आयोजनाका लागि सुरक्षा चुनौती भएको भन्दै सोमबार भारत गएका थिए ।
नेपाल क्रिकेट संघ क्यानले नेपाल टी–२० लिग सञ्चालनको विषय साधारण सभाबाट पारित गरी सेभेन थ्री स्पोर्टससँग सम्झौता गरेको भन्दै अध्यक्ष चन्दले प्रतियोगिता पूरा हुने समेत बताए । पहिलो वर्ष ३ करोड ९० लाख बुझाउनुपर्नेमा पहिलो किस्ता बापत १ करोड २० लाख दिइसकेको र बिहीबार एक करोड पठाएको अध्यक्ष चन्दले जानकारी दिए । सम्झौता अनुसारको बाँकी रकम पनि ल्याउने अध्यक्ष चन्दले बताए । अध्यक्ष चन्दले फ्रेन्चाइज टिमहरू खेलाडीको पारिश्रमिकको विषय पनि अन्तिम चरणमा पुगेको पनि जिकिर गरे । चन्दले केही टोलीको पारिश्रमिक मालिकहरूले उपलब्ध गराएको र केही टोलीको पारिश्रमिक प्रतियोगिताको अवधि भर उपलब्ध गराउन पहल गर्ने र प्रतियोगिता पूर्ण रूपमा आयोजना हुने दाबी गरे ।
जारी प्रतियोगितामा खेल मिलेमतो र स्पट फिक्सिङको गतिविधि भएको चर्चा सञ्चार माध्यममा आएपछि क्यानले गरेको सम्झौतामा अनेकौँ टिका टिप्पणी हुन थालेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण