बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

दासुनको कीर्तिमानी अर्धशतकको मद्दतले श्रीलंकाले भारतलाई हरायो

शुक्रबार, २२ पुस २०७९, ०९ : १७
शुक्रबार, २२ पुस २०७९

श्रीलंकाले दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा घरेलु टोली भारतलाई १६ रनले हराएको छ । बिहीबार राति भएको खेलमा जीत हासिल गर्दै पाहुना टोली श्रीलंकाले तीन खेलको सिरिजमा १–१ को बराबरी गरेको हो ।

पुनेमा श्रीलंकाले दिएको २०७ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १९० रन बनायो । भारतका लागि सुर्य कुमार यादव र अक्षर पटेलले अर्धशतकीय पारी खेले । सुर्यकुमारले ५१ रन बनाउँदा अक्षर पटेलले ६५ रन बनाए ।

भारतका लागि शिभम मावीले २६ रन बनाउँदा हार्दीक पाड्याले १२ रन बनाउन बाहेक कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ श्रीलंकाका लागि दिलशान मधुशंका, कासुन राजिथा र दासुन सानकाले दुई–दुई विकेट लिए ।

यसअघि श्रीलंकाका कप्तान दासुन शनकाले श्रीलंकाका लागि सबैभन्दा कम बलमा अर्धशतक पूरा गरे । उनले श्रीलंका पूर्व कप्तान कुमार संगकारा र महेला जयवर्धनलेको कीर्तिमान तोड्दै नयाँ इतिहास रचेका हुन् । शनकाले २२ बलमा २ चौका र ६ छक्काको सहयोगमा ५६ रन बनाए । 

कुशल मेन्डिसले ३१ बलमा ५२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै चरिथ असलंकाले ३७ रन बनाउँदा पथुम निशंका ३३ रनको योगदान गरे । भारतका लागि उमरान मल्लिकले ३ विकेट लिए । त्यस्तै अक्षर पटेलले २ विकेट लिँदा युजभेन्द्र चहलले १ विकेट हात पारे । दुई टोलीबीचको तेस्रो तथा निर्णयक टी–ट्वान्टी अन्तर्राष्ट्रिय शनिबार राजकोटमा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप