शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
नाटकमा बालबालिका र अभिभावकबीचको बढ्दो दुरी

नाटकमा बालबालिका र अभिभावकबीचको बढ्दो दुरी

शुक्रबार, २२ पुस २०७९

घरमा हुँदा बालबालिका र अभिभावकबीचको द्वन्द्व र प्रविधिको विकाससँगै बढ्दै गएको दुरी र सो वातावरणमा हुर्किएका बालबालिकाको शैक्षिक अवस्थामा पर्ने असरबारे दुई नाटक बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा मञ्चन गरिएको छ ।

वृहस्पति विद्या सदनले आयोजना गरेको “नाट्यमणि” वार्षिक नाटक प्रदर्शनीमा करिब १५० विद्यार्थीले नाटक प्रदर्शन गरेका हुन् । करिब एक महिनाको तयारी गरेर उनीहरूले आफ्नो नाटक देखाएका छन् ।

“पुस्तकमा भएका नाटक मात्रै पढ्दा विद्यार्थीले रंगमञ्चमा कसरी नाटक प्रस्तुत गरिन्छ भन्ने थाहा पाउन सक्दैनन् त्यस कारणले उनीहरूलाई यसको प्रयोगात्मक पक्षका बारेमा जानकारी दिनको लागि पनि यो आयोजना गर्ने गरिएको छ ।” विद्यालयकी सञ्चार संयोजक डोल्मा लामाले बताइन् ।

करिब २ घण्टा लामो नाटक समारोहमा घरमा अभिभावकहरूले आफ्ना बालबालिकालाई समय दिन नसक्दा उनीहरूको पढाइ र व्यक्तित्व विकासमा पार्ने असरलाई देखाइएको थियो ।

यस क्रममा सहरका साथै ग्रामीण परिवेशलाई समेत समेटिएको छ । “यो नाटकमा हामीले ग्रामीणका साथै सहरी क्षेत्रमा पनि देखिएको अभिभावक र विद्यार्थी र्थीबीचको सम्बन्ध बिग्रँदै गएको अवस्था र यसो हुनु पछाडिको मनोसामाजिक कारणलाई नाटक मार्फत देखाउने प्रयास गरिएको छ ।” स्कुलका प्रिन्सिपल कुमार थापाले बताए ।

दुई नाट्य प्रशिक्षकले तयार पारेको पटकथालाई विद्यार्थीको सुझाव र अनुभवसहित संशोधन गरेर करिब एक महिनाको तयारीमा नाटक प्रस्तुत गरिएको थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया