हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिने आधार खोज्दैछौं : प्रकाश ज्वाला
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनु अघि नै विश्वासको मत दिने या नदिनेबारे निर्णय गरिने बताएका छन् । पार्टीले प्रधानमन्त्रीले विश्वासको मत लिने २६ गते भए पनि त्यसको एक दिन अघि नै निर्णय गरेर जाने ज्वालाले स्पष्ट पारे ।
रातोपाटीसंग कुरा गर्दै ज्वालाले भने ‘हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिने-नदिने भन्ने विषयमा अलमल छैनौँ । विश्वासको मत दिने आधार हुनुपर्यो। अब मन्त्रीहरूको भागवण्डा कसरी हुन्छ ? सरकारका न्यूनतम साझा कार्यक्रम कसरी ल्याइन्छ । समग्र विषयलाई विश्लेषण गरेर विश्वासको मत दिने नदिने निर्णय गछौं ।’
जनताका यावत सवालका विषयमा कसरी सम्बोधन हुन्छ भन्ने विषयलाई प्राथमिकता राखिएको ज्वालाले बताए । अझै विश्वासको मत दिने समय बाँकी भएकाले निर्णय नगरिएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण