हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिने आधार खोज्दैछौं : प्रकाश ज्वाला

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनु अघि नै विश्वासको मत दिने या नदिनेबारे निर्णय गरिने बताएका छन् । पार्टीले प्रधानमन्त्रीले विश्वासको मत लिने २६ गते भए पनि त्यसको एक दिन अघि नै निर्णय गरेर जाने ज्वालाले स्पष्ट पारे ।
रातोपाटीसंग कुरा गर्दै ज्वालाले भने ‘हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिने-नदिने भन्ने विषयमा अलमल छैनौँ । विश्वासको मत दिने आधार हुनुपर्यो। अब मन्त्रीहरूको भागवण्डा कसरी हुन्छ ? सरकारका न्यूनतम साझा कार्यक्रम कसरी ल्याइन्छ । समग्र विषयलाई विश्लेषण गरेर विश्वासको मत दिने नदिने निर्णय गछौं ।’
जनताका यावत सवालका विषयमा कसरी सम्बोधन हुन्छ भन्ने विषयलाई प्राथमिकता राखिएको ज्वालाले बताए । अझै विश्वासको मत दिने समय बाँकी भएकाले निर्णय नगरिएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ जना डीआईजीहरूको सरुवा, ६ प्रदेशका प्रमुख फेरिए
-
गौशालाबाट हुण्डीको ९५ लाख बरामद
-
सुदूरपश्चिम संसदीय दलको विवाद समाधानका प्रचण्डले सांसदहरूलाई बोलाए खुमलटार
-
भारतमा थप पाकिस्तानी कलाकारको इन्टाग्राम खाता ब्लक
-
गौतमबुद्धको जन्ममितिकै आधारमा बुद्धजयन्ती मनाउनुपर्छ : डा.अञ्जान शाक्य
-
जम्मू कश्मीरमा सेनाको गाडी खोँचमा खस्यो, तीन सैनिकको मृत्यु