प्रचण्डलाई विश्वासको मत दिने नदिने विषयमा निर्णय गर्दै लोसपा
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले संसदीय दलको बैठक बोलाएको छ । आज बबरमहलस्थित पार्टी कार्यालयमा बस्ने संसदीय दलको बैठकले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णय गर्ने बताइएको छ । विश्वासको मतको विपक्षमा मत तान्नका लागि काँग्रेस सक्रिय भएको छ । त्यसमा लोसपाका अध्यक्ष महन्थ ठाकुरले पनि सघाइरहेका छन् । यद्यपि संसदको मत सरकारको समर्थनमा जान्छ कि पक्षमा जान्छ त्यसको बारेमा लोसपा अहिले खुलिसकेको छैन । आजको बैठकबाट त्यसको टुगों लाग्ने बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डले संसदमा लिने विश्वासको मतका लागि पक्षमा मत हाल्ने कि विपक्षमा त्यसबारे संसदीय दलको बैठकले निर्णय गर्ने प्रतिनिधिसभाका सदस्य एवं लोसपाका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिए । ‘देशको राजनीतिक परिस्थति क्षण क्षणमा परिवर्तन भइरहेको छ, यस अवस्थामा लोसपाले सावधानिपूर्वक निर्णय लिन्छ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण